२० बैशाख, एजेन्सी ।

फिल्म ‘बाहुबली–२’ रिलिज भएको पाँच दिनसम्म आइपुग्दा धेरै वटा फिल्मको धेरै रेकर्ड तोडिसकेको छ । तर, अभिनेता शाहरुख खानको एक फिल्मको रेकर्ड भने तोड्न सकेन ।

सन् २०१४ को २४ अक्टोबरमा रिलिज भएको शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाईको रेकर्ड ‘बाहुबली–२’ले तोड्न सकेन ।

फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाई ४४.९७ करोड थियो, भने ‘बाहुबली–२’को हिन्दी भर्जनको पहिलो दिनको कमाई ४१ करोड थियो । यद्यपी, फिल्म ‘हैप्पी न्यू ईयर’को जम्मा कमाई २०३ करोड थियो भने बाहुबली–२ले अहिलेसम्म ६०० करोड कमाई गरिसकेको अवस्था छ ।