एजेन्सी।

फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्।

अनुष्का शेट्टी

कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले सन् ‘२००५ मा फिल्म ‘सुपर’बाट करिअर सुरु गरेकी थिइन। ३५ वर्षिया अनुष्काले ‘बाहुबली’ समेत विक्रमकुडु (२००६), ‘डन’ (२००७), ‘किंग’ (२००८), ‘शौर्यम’ (२००८), ‘बिल्ला’ (२००९), अरुंधति (२००९), ‘रगडा’ (२०१०), ‘वेदम’ (२०१०), ‘रुद्रमादेवी’ (२०१५), ‘सिंघम-2’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन्।

नगमा

नगमाको जन्म सन् १९७४ डिसेम्बर २५ मा भएको थियो। उनले साउथका साथै बलिउडका फिल्महरुमा पनि काम गरेकी छिन्। ‘बागी’ (१९९०), ‘बेवफा सनम’ (१९९१), ‘यलगार’ (१९९२), ‘किङ्ग अंकल'(१९९२), ‘ये तेरा घर ये मेरा घर’ (२००१) सहित कयौं हिन्दी फिल्ममा काम गरेकी छिन्।
उनले ‘पेद्दिन्ति अल्लुदु’ (१९९१), ‘अल्लरी अल्लुडु’ (१९९३), ‘अरविंधन’ (१९९७), ‘अल्लारी रामुडु’ (२००७) जस्ता साउथका फिल्ममा अभिनय गरेकी छिन्।

नमिता

सन् १९८१ मे १० मा जन्मेकी नमिता साउथमा निकै चर्चित नायिका मध्येकी एक हुन। उनले ‘जैमिनी’ (२००२), ‘चाणक्य’ (२००५), ‘व्यापारी’ (२००७), ‘थी’ (२००८), ‘इलाइगन’ (२०११) लगायत कयौं फिल्ममा अभिनय गरेकी छिन्।

तृषा कृष्णन


तृषाको जन्म सन् १९८३ मे ४ मा भएको थियो। उनले वर्षम’ (२००४), ‘जी’ (२००५), ‘आरू’ (२००५), ‘कृष्णा’ (२००८), ‘भीमा’ (२००८), ‘समर’ (२०१३) सहित कयौं साउथका फिल्ममा काम गरेकी छिन्। त्यस्तै उनलाई बलिउडको ‘खट्टा मिठा’ (२०१०)मा पनि देख्न सकिन्छ।

श्रीया सरन

श्रीयाको जन्म सन् १९८२ सेप्टेम्बर ११ मा भएको थियो। उनले बलिउडका फिल्म ‘मिसन इस्तान्बुल’ (२००८), दृश्यम (२०१५)मा अभिनय गरेकी छिन्। उनलाई साउथका ‘संतोषम’ (२००२), ‘टैगोर’ (२००३), ‘शिवाजी: द बॉस’ (२००७) ‘कंदस्वामी’ (२००९) सहित कयौं फिल्ममा देख्न सकिन्छ।

नयनतारा

नयनताराको जनम सन् १९८४ नोभेम्बर १८ मा भएको थियो। मनसिनक्कारे’ (२००३), ‘रप्पकल’ (२००५), ‘गजनी’ (२००५), ‘योगी’ (२००७), ‘बिल्ला’ (२००७) सहित उनले कयौं साउथ इन्डियन फिल्ममा काम गरिसकेकी छिन्।

प्रियमणि


प्रियमणिको जन्म सन् १९८४ जुन २ मा भएको थियो। उनी साउथकी नामी नायिका हुन। उनले ‘द्रोणा’ (२००८), ‘राज’ (2010), ‘चण्डी’ (२०१३) ‘साध्यम’ (२००९) जस्ता फिल्ममा काम गरिसकेकी छिन्।

श्रुति हासन


श्रुतिको जन्म सन् १९८६ जनवरी २८ मा भएको थियो। श्रुतिले बलिउड फिल्म ‘लक’ (2009), ‘दिल तो बच्चा है जी’ ( 2011), ‘डी डे’ (2013), ‘वेलकम ब्याक’ (२०१५) जस्ता फिल्ममा अभियन गरेकी छिन्।
उनलाई ‘अनगनगा ओ धीरुदु’ (२०११), ‘ओ माय फ्रेन्ड’ (२०११), ‘येवदु’ (२०१३), ‘बलुपू’ (२०१३) सहित कयौं साउथ इन्डियन फिल्ममा देख्न सकिन्छ।

काजल अग्रवाल


सन् १९८५ जुन १९ मा जन्मेकी काजल अग्रवाल साउथमा चर्चा पाएपछि बलिउड तर्फ मोडिएकी थिइन। ‘स्पेशल 26’ (२०१३) और ‘सिंघम’ (२०१०) जस्ता बलिउडका फिल्ममा अभिनय गरेकी काजल साउथकी निकै चर्चित नायिका हुन। उनले ‘मगधीरा’ (२०१०), ‘थुप्पाकी’ (२०१२), ‘चन्दामामा’ (२००७) जस्ता साउथका फिल्ममा काम गरेकी छिन्।