२६ वैशाख, एजेन्सी।

‘बाहुबली-२’को सफलता पश्चात प्रभास मात्र सुपरस्टार भएनन् उनलाई फिल्म सफलहुनुको मन्त्र पनि मानिन थालिएको छ। बक्स अफिसमा ‘बाहुबली-२’को धमाका कायम छ भने वास्तविक जीवनमै प्रभास बाहुबली नै बनेका छन्। अब निर्माता-निर्देशक उनको पछाडी लाइन लागेका छन्।

बाहुबलीबाट राम्रै पारिश्रमिक लिएका प्रभासले फिल्मले रेकर्ड पछि रेकर्ड तोडेपछि आफ्नो पारिश्रमिक पनि बढाएको खबर छ।

बाहुबलीको लागि प्रभासलाई २५ करोड भारु पारिश्रमिक दिइएको थियो। उनले आफ्नो पारिश्रमिकमा करिब २० प्रतिशतले बढाएका छन्। अब उनले एउटा फिल्मको लागि ३० करोड भारु पारिश्रमिक लिने तय गरेका छन्।

यो पढ्नस:

‘बाहुबली-२’ले बनायो १० दिनमा १० रेकर्ड

हप्ता दिन नपुग्दै ८५० करोड कमाएको बाहुबली-२ का कलाकारले कति पाए पारिश्रमिक ?