२० वर्षकी भइन सुन्दरी, अनि निकै चर्चा पनि कमाइ गर्दैछिन्। यिनी हुन इट्लीकी चर्चित मोडल एहलम एल ब्रिनिस। इटलीमा हुनलागेको सौन्दर्य प्रतियोगितामा पहिलो मुस्लिम मिस इटली बन्ने इच्छासंगै उनको मोडलिङ र चर्चा उकासिएको छ।ahlam el brinis model (5)

मोरक्कोमा बस्ने यी मोडललाई सो सुन्दरी प्रतियोगितामा भाग लिन रोक्ने धम्की फेसबुकमा आउन थालेपछि भने उनको चिन्ता बढ्न थालेको छ।

उनले यहि महिना हुने सुन्दरी प्रतियोगितामा बिकिनी लगाएर र्याममा क्याटवाक गर्नेछिन्। तर फेसबुकमा केही मानिसले बिकिनी लगाएर प्रतियोगितामा अंग प्रदर्शन गर्दा इस्लामको अपमान हुने भन्दै उनलाई प्रतियोगितामा भाग लिनबाट रोक्ने धम्की दिएका छन्।ahlam el brinis model (6)

‘केही मानिस मलाई बिकिनी लगाउने कुरको विरोध गर्दैछन्, तर ती व्यक्तिसंग बर्बाद गर्नको टन्ने समय रहेछ।’ भन्दै फेसबुकमा आएका आलोचना अनि धम्कीलाइ उनले कुशलतापुर्वक जवाफ पनि दिएकी छिन्। आफुले परै इस्लाम धर्मको आदर गर्ने तर धर्मको नाममा आफुलाई बाँधेर राख्न नसक्ने भन्दै उनले प्रतिवाद पनि गरिन।

ahlam el brinis model (3) ahlam el brinis model (1) ahlam el brinis model (4) ahlam el brinis model (2)