दुनियाँभरमा केही यस्ता चिज, ठाउँ, मान्यता छन् जुन निकै रोचक अनि अच्चम्मित पार्छन्। एक चिजको अन्त्यबाट अर्कोको सुरुवात हुने गरेको उदाहरण धेरै पाइन्छन्। यस्तै एक रोचक उदाहरण हो बोइङ विमान होटल। अमेरिकाको शहर सेनहोजेमा बिग्रिएर बसेको बोइङ ७२७ विमानमाथी जोआन युअरी नामक महिलाको आंखा पुग्यो अनि बन्यो नयाँ पाँच तारे होटल।

boeing plane hotel

विग्रेको विमान निकै मंहगो मुल्यमा किनेर जोआनले पाँच तारे होटल नै खोलिन, विमान भित्रै। विमानमा एक अतिरिक्त छत थपेर समुन्द्री छाल देख्न सकिने बनाएपछि त झन् उनको यो होटल निकै चर्चित बन्न पुग्यो।

red beach in china

समुन्द्रतटकै कुरा गर्ने हो भने दिमागमा टाढा सम्म फैलिएको पानी अनि चमचमाउँदो बालुवा याद आउला। तर चीनको पन्जिन स्थित ‘रेड बीच’ मा केवल रातो रंग मात्र भेटिन्छ। गिलो माटोमा उम्रने ‘सुएदा साल्सा’ नामको झार गर्मीमा हरियो अनि गर्मी सकिएपछि रातो देखिन सुरु गर्छ।

राक्षसी किरा

largest beetleटायटन बीटल नामको यो किरा वयस्क हुदा १३.५ सेन्टिमिटर सम्म लामो हुन्छ। दक्षिण अमेरिकाको गर्मी इलाकामा पाइने यो किराको अर्को प्रजाति छ, हरक्युलस बीटल, जुन विश्वकै सबैभन्दा लामो किरा हो। यो १७.५ सेन्टिमिटरसम्म लामो हुन्छ।

यो पनि पढ्नुस्।

एटलान्टिस सहर डुबेको थियो समुन्द्रमा, थियो एसिया भन्दा ठुलो

सासु बेच्न बुहारीले गरिन विज्ञापन