मोटोपनको कारण मधुमेह, मुटु रोग, उच्च रक्तचचाप जस्ता कयौं गम्भिर स्वास्थ्य समस्याको खतरा बढ्छ। आयुर्वेदमा कयौं यस्ता खाना तथा उपाय बताइएको छ जसले शरिरको बोसो घटाएर तौल कम गर्न मद्धत गर्छ।

उपाय १: दैनिक बिहान खाली पेटमा एक चम्मा हल्दीको धुलो मनतातो पानीमा मिसाएर पिउनुस्।

उपाय २: राती एक गिलास पानीमा एक चम्चा सुप राख्नुस्। बिहान उठेर सो पानी उमाली, छानेर पिउँनुस्।

उपाय ३: दैनिक बिहान ६-८ निमको पात चपाउनुस्, अनि मनतातो पानी पिउनुस्।

उपाय ४: दैनिक बिहान खाली पेटमा काँचो गोलभेँडा खानुस्। यसले भोक नियन्त्रण गर्न र तौल घटाउन मद्धत गर्छ।

उपाय ५: दैनिक २५० ग्राम उमालेको वा काँचो बन्दा खानुस्। यसमा हुने टारटेरिक एसिडले शरिरको सुगर र कार्बोहाइड्रेडलाई फ्याटमा बदलिनबाट रोक्छ।

उपाय ६: दैनिक एक सानो टुक्रा अदुवा चुस्नुस् वा खाना खानु अघि एक चम्चा अदुवाको रसमा थौरे नुन मिसाएर पिउँनुस्।

उपाय ७: खानामा पिरो मिसाउनुस्। खुर्सानीमा पाइने क्याप्सिसिन नामक तत्वले शरिरको बोसो तीव्र रुपमा घटाउँछ।

उपाय ८: एक गिलास पानीमा २ चम्चा कागतीको रस, एक चम्चा मह र आधा चम्चा कालो खुर्सानीको धुलो मिसाएर दैनिक बिहान खाली पेटमा पिउनुस्।

उपाय ९: एक कप तातो पानीमा एक चम्चा मह र आधा चम्चा धालचिनीको धुलो मिसाएर दैनिक बिहान र बेलुका पिउँनुस्।

उपाय १०: दैनिक बिहान खाली पेटमा एलोभेरा (घ्युकुमारी) र अमलाकोको जुस पिउँनुस्। अनि पछि एक गिलास पानी पिउँनुस्।

उपाय ११: बेलुका भोक लाग्दा पेट भरी मेवा खानुस्। यसो गर्दा क्यालोरी कम तर फाइबर बढी पाइन्छ।

उपाय १२: दैनिक एक गिलास लौकाको जुस पिउँनुस्। यसमा फाइबर बढी र निकै कम चिल्लो पदार्थ हुन्छ।

उपाय १३: दैनिक २-३ कप ग्रिन टी पिउँनुस्। यसमा थौरै अदुवा वा कागतीको रस मिसाएर पिउँदा अझ फाइदा पुग्छ।

यो पनि पढ्नुस्।
चियाको ६ प्रकार, तपाई कुन चिया खानुुहुन्छ?
मोटोपना घटाउनेदेखि लिएर क्यान्सरसँग लड्न सक्ने क्षमता छ बेसारसँग, जानौँ अन्य १० फाइदाहरू…
सुतीसुती मोटोपना घटाउने ५ उपाय
केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र