१३ भदौ, काठमाडौं ।

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता जितेर नयाँ साफ च्याम्पिन बनेको नेपाली फुटवल टोलीका कप्तान बिमल घर्ती मगरले यो जित अखिल नेपाल फुटवल संघ एन्फाका पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई समर्पण गरेका छन् ।

त्यसैगरी उनले भूकम्पमा ज्यान गुमाउनेका नाममा पनि यो उपाधि समर्पण गरेका छन् । एन्फाका पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको केही समय अघि करेन्ट लागेर निधन भएको थियो ।

विमलले भावुक स्ट्याटस सहित फेसबुकमा उपाधी केही समय अघि करेन्ट लागेर  भएका स्वर्गीय श्रेष्ठ र भूकम्पमा ज्यान गुमाउनेहरुलाई समर्पण गरेको जानकारी दिएका हुन् ।

Bimal Gharti Dedicatest Cup to Lalitkrishna Shrestha

शनिबार बिमलको कप्तानीमा नेपाली यू-१९ टिमले पेनाल्टी सुटआउटमा भारत विरुद्ध ५-४ ले विजयी भएको थियो ।

SAFF Football Winner Nepali team

सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जिते पछि नेपाललाई पहिलो जित दिलाएका कप्तान बिमल घर्ती मगरले उपाधी स्वर्गीय एन्फा अध्यक्ष र भूकम्पमा ज्यान गुमाउने आम नेपालीलाई समर्पण गरेका हुन् ।