१९ मंसिर, काठमाडौं । चुनावलाई असफल बनाउने उद्देश्यले देशका विभिन्न ठाउँमा बम विस्फोटका घटना नरोकिएपछि सरकारले सर्वसाधारणलाई सतर्क रहन अपील गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर विस्फोटको घटना बढेकाले सर्तक रहन सर्वसाधारणलाई आग्रह गरेको हो । गृहमन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न पनि भनेको छ ।

प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग गर्न मन्त्रालयले सर्वसाधारणसँग अनुरोध गरेको छ । दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवारलक्षित विस्फोटका घटना श्रृङ्खलाबद्ध भएपछि सुरक्षा चुनौती थपिएको छ ।