२७ बैशाख, बर्दिया ।

बर्दियाको महम्मदपुर गाविस वार्ड नं. ६ लालपुर नजिक नेपालगंजबाट गुलरिया तर्फ फर्कीरहेको भे.१ ख. १४२८ नम्वरको बिहेको बस पल्टिदा दुई जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगंज स्थित बागेश्वरी मन्दिर बाट विहे सकेर फर्किने क्रममा अनियन्त्रीत भई बस सडक बाहिर जाँदा शनिवार वेलुकी ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी वेहुलीका वावु ५० बर्षिय महेश कुमार उपाध्याय र खैरापुर निवासी ४२ बर्षिय षडानन्द पौडेलको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि स्थानियले पल्टिएको बसलाई उठाएर उद्धार गरेका थिए । जनज्योति वोर्डिङ्ग स्कूलका प्रिन्सीपल निर्मल कुमार उपाध्यायको भतिजीको विवाहमा माईती पक्ष चढेको सो स्कुल वसमा २५ जना यात्रु रहेको र दुर्घटना कसरी भयो भन्ने वारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।