१५ असार, काठमाडौं । पाँच नम्बर प्रदेश अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।

एक हजार मत गणना भइसक्दा नेपाली काँग्रेसका उमेद्बार खेलराज पाण्डे ४ सय ५१ मतसहित अगाडि छन् भने एमालेका शिवराज सुवेदीले ३ सय ३ मत ल्याए ।

उपप्रमुखमा भने एमालेका उमेद्बार ३ सय ३६ मतसहित अगाडि छन् । माओवादी केन्द्र उमेद्बारले भने ३ सय १२ मत मात्रै पाएका छन् । यहाँ माओवादी केन्द्र र काँग्रेसको तालमेलमा काँग्रेसका प्रमुख र माओवादी केन्द्रका उपप्रमुख उमेद्बार उठेका छन् ।

यहाँ पनि तालमेलन खासै सफल नहुने संकेत देखिएको छ ।