सामान्ययता लुम्बिनीमा जम्मिएका सिद्दार्थ गौतमलाई बु्द्धका रुपमा बुझिने भए पनि बुद्ध आफैमा भने एउटा अवस्था हो , विशिष्ट अवस्था । त्यसैले बुद्द सबैको लागि खुल्ला छ। तपाई बुद्ध बन्न सक्नु हुन्छ। बुद्ध धर्मको प्रमुख ग्रन्थ त्रिपिटक यही भन्छ ।buddha, how to become budha

तर कसरी बनिन्छ बुद्ध  ? बुद्ध बन्ने मार्ग के हो ? अहिले सम्म को को बने बुद्ध ?

सुन्दा सामान्य लाग्ने यी प्रश्नहरु सयौं वर्षदेखिका खोजिएका प्रश्न हुन्। यसका उत्तर जति सहजै भेटिन्छ त्यति नै गाह्रो छ व्यवहारमा उतार्न।

निर्वाण प्राप्त गरेको मानिस बुद्ध हो। पुर्णरुपमा जागृत हुनु निर्वाण प्राप्त गर्नु हो। सबै किसिमका लोभ, मोह द्धैष र अज्ञानतबाट मुक्ति प्राप्त गर्दा निर्वाण प्राप्त हुन्छ। सांसारिक बन्धनबाट मुक्ति पाउने हो भन्ने बुद्धत्वको बाटो खुल्छ।

बुद्द धर्म वास्तवमा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्वबारे मौन बसेको छ। बुद्धलाई एक गुरु र मार्गप्रदर्शकका रुपमा प्रस्तुत गरिएको छ। बुद्धको काम बाटो देखाउने हो भन्ने बुद्ध धर्ममा उल्लेख छ। सामान्ययता सिद्दार्थ गौतमलाई बु्द्धका रुपमा बुझिने भए पनि त्रिपिटकमा २८ वटा बुद्धका बारेमा उल्लेख गरिएको छ ।

त्रिपिटिकमा २ किसिमका बुद्दका बारेमा उल्लेख गरिएको छ। सम्यक बुद्द र प्रत्येक बुद्द। आफूले बुद्दत्व प्राप्त गरेको कुरा संसारलाई बताउने र बुद्दत्वका बारेमा अरुलाई सिकाउनेहरु सम्येक बुद्दहरु हुन्। सिद्दार्थ गौतम यही कोटीमा पर्दछन्।

तर निर्वाण प्राप्त गरेका तर उपदेश दिँदै नहिड्नेहरु बुद्धहरु पनि हुन्छन्। यस्ता बुद्धहरुलाई प्रत्येक बुद्द भनिन्छ। यसकै आधारमा संसारका कयौं मानिस बुद्दत्व प्राप्त गरेर संसारले थाहा नपाएको हुन सक्छ भन्ने विश्वास गरिन्छ।

बुद्धमा कस्ता गुण हुन्छन् ?

त्रिपटिक लगायतका बौद्द ग्रन्थमा बुद्दका दश गुणहरु उल्लेख गरिएका छन्

  • तथागत

तथागत बुद्द स्वयम भन्ने बुझिन्छ। जसको अर्थ जसरी आएका थिए त्यसी नै गए भन्ने हुन्छ।

  • अर्हत

अर्हत त्यस्तो व्यक्ति हो जसले सम्पुर्ण चीजको अन्तरज्ञान छ। जो योग्य र पुजनिय छ । सम्पुर्ण सांसारिक बन्धनबाट मुक्त अर्हतहरुको पुर्नजन्म हुँदैन्।

  • सम्यकसम्बुद्ध
  • विद्याचरन सम्पन्न

जो शिक्षा र आचरणले सुसम्पन्न छ।

  • सुगत

जसलाई मोक्ष प्राप्त भएको छ

  • अनुत्तर

जो स्थिर छ सर्वोतम छ वा उत्तर भन्दा माथि छ

  • लोक-विद

संसार जान्ने र बुझ्ने

  • पुरुष दम्य सारथि

  • सास्ता देव-मनुष्यनम

मानिस र देउताको समेत शिक्षक

  • भगवत