७ असोज, काठमाडौं । नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखराका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका छन ।

नेपाल आइडल बनेका बुद्ध लामाले २० लाख नगद सहित महिन्द्रा केयुभी१०० गाडी पाएका छन भने दोस्रो भएका निशान भट्टराईले १५ लाख नगद र तेस्रो बनेका प्रताप दासले १० लाख नगद पुरस्कार स्वरुप पाएका छन ।

उत्कृष्ट तीनबाट भोटिङको आधारमा विजेता छनोट गरिएको हो ।