५ असार, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सरेका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवा आज विहानै सपरिवार बालुवाटार सरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित देउवा दुई सातापछि मात्रै बालुवाटार सरेका हुन । देउवालाई ज्योतिषीहरुले आजको समय उपयुक्त हुने सुझाव दिए अनुसार देउवा विहान ६ बजे नै बालुवाटार सरेको पारिवारिक श्रोतले जनाएको छ ।

सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य पुनःनिर्माण र रङरोगन गरेपछि देउवा बालुवाटार सरेका हुन ।