रमेश लम्साल

८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी व्यक्त गरेका छन् ।

लामो समयदेखि चर्चा र परिचर्चामा रहे पनि कुनै पनि काम अगाडि बढ्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला चीन सरकारसँग भएको सम्झौताले आयोजना अगाडि बढ्नेमा आशा पलाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् ।

Oli china agreement

चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि रु २१ अर्ब ऋण दिने भएको छ । सहुलियतपूर्ण ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्ताक्षर गरेका थिए। कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्नेछैन ।

चीनले नेपाललाई दिएको सबैभन्दा ठूलो उपहारः अव भारतीय नाकान्दीमा समेत असर नपर्ने

ऋण सम्झौता भएकोप्रति खुसी व्यक्त गर्दै कास्कीका पूर्वसांसद् एवम् एकीकृत नेकपा (माओवादी)का नेता राजकाजी गुरुङले विगत ४० वर्षदेखि पोखरेली जनताको चाहना पूरा भएको र आर्थिक समृद्धिको ढोका खोलेको बताए ।

बेइजिङको सन्देश ओलीको चीन भ्रमणः भारत भ्रमण भन्दा एक कदम अगाडी

उनले पोखरा विमानस्थल ४ नं प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्ने माध्यम भएको र लामो समयदेखि हुँदै आएको राजनीतिक खिचातानीको समेत अन्त्य भएको बताए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सो विनमास्थल निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा प्रारम्भिक सम्झौता गरेको जानकारी दिँदै उनले हाल एमाओवादी सहभागी सरकारले नै ऋण सम्झौता गरेकाले आयोजना अगाडि बढ्ने विश्वास बढेको उल्लेख गरे ।

केही दिनपहिलेको मन्त्रिपरिषद्को बैठकले सो विमानस्थल अगाडि बढाउने निर्णय गरेको थियो । चिनियाँ ठेकेदार कम्पनी सिएमसीले प्रारम्भिक रुपमा कामसमेत सुरु गरिसकेको छ । सम्झौता भएपछि तीन महिनाको अवधि तयारीका लागि लाग्नेछ ।

चीनसँग ओलीले गरे भारतको टाउको दुखाउने प्रस्ताव

नेपालमा चीन के चाहन्छ- चिनियाँ प्रधानमन्त्रीको जवाफ

सरकारले केही समयभित्रै सो विमानस्थलको शिलान्यास गर्नेछ । लामो समयदेखि रहँदै आएको जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत लगभग सम्पन्न भएको छ । पूर्वमन्त्री एवम् नेकपा (एमाले)का सचिव भीम आचार्य ऋण सम्झौता हुनुलाई सुखद ठान्छन् ।

‘‘धेरै पहिले हुनुपर्ने काम अहिले आएर सम्पन्न भयो, यसलाई सकारात्मक रुपमा लिनुपर्छ’’, उनले भने, ‘‘हामी नेपालीको काम गर्ने शैली एकदमै सुस्त र परम्परागत भएका कारण समस्या पैदा हो । तर ढिलै भए पनि ऋण सम्झौता भयो यो सकारात्मक छ ।’’

ढेड वर्षपहिले नै सुरु हुनुपर्ने आयोजनामा ढिलाइ हुनुको पछाडि नेपालको काम गर्ने शैली र तरिका नै गलत भएको आचार्य बताउनुहुन्छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सकारात्मक तवरले अगाडि बढाउन कन्जुस्याइँ गर्न नहुने भन्दै उनले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

क्षेत्रीय होटल सङ्घ पोखराका पूर्वअध्यक्ष विप्लव पौडेल पोखरा विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौता हुनु नै महत्वपूर्ण भएको बताए । उनले भने, ‘‘यो निर्णय उत्साहजनक छ । पहिले नै हुनुपर्ने थियो ढिलो नै भए पनि राम्रो निर्णय भएको छ । यसले काँस्केली जनतालाई त खुसी दिएको नै छ, त्योभन्दा बढी खुसी आम नेपाली पनि भएका छन् ।’’

निर्णय स्वागतयोग्य भए पनि तत्काल नै निर्माण सुरु भइहाल्छ भन्नेमा आफू विश्वस्त नभएको भन्दै पौडेल पछिल्लो निर्णयलाई पर्ख र हेरको रणनीतिमा रहेको बताए । कास्कीका सांसद् यज्ञबहादुर थापा पोखरेली जनताको लामो समयदेखिको सपना पूरा हुने चरणमा पुगेको भनाइ छ ।
विमानस्थल निर्माणका लागि पार्टीगत रुपमा भन्दा पनि सामूहिक रुपमा नै लागेको भन्दै उनले आगामी चार वर्षभित्र जुनसुकै हालतमा पनि परियोजना सम्पन्न हुनुपर्ने बताए । कार्यान्वयनको चरणमा परियोजना तत्काल अगाडि बढाउनुपर्ने बताउँदै सांसद थापा कुनै पनि बहानाबाजीले अब काम नगर्ने बताए । ऋण सहयोग चिनियाँ आयात निर्यात बैंकले उपलब्ध गराउनेछ । रासस