९ जेठ, एजेन्सी।
बेलायतको म्यानचेस्टर शहरमा एक पप कन्सर्ट सकिएसंगै ठूलो विस्फोट भएको छ जसमा कम्तिमा १९ व्यक्तिको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएाक छन्।

विस्फोट म्यानचेस्टर अरिनामा भएको हो। जुन त्यहाँको सबैभन्दा ठूलो इनडोर स्टेडियम हो। अमेरिकी पपस्टार अरियाना ग्रान्डेको कन्सर्ट पश्चात विस्फोट भएको थियो।

प्रहरीले यसलाई आतंकवादी आक्रमण बताएको छ।

बेलायतमा जुलाइ २००७ पश्चात यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ। सो बखत लन्डनमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा ५० भन्दा बढीको मृत्यु भएको थियो।

घटना पश्चात प्रहरीले सो इलाकाबाट टाढा रहन नागरिकहरुलाई अपील गरेको छ। कन्सर्ट दिएकी गायिका अरियाना सकुशल छिन् र ट्वीट गर्दै लेखेकी छिन्, ‘मन टुटाउने घटना। म मनदेखि माफि माग्छु। मसंग बोल्ने शब्द छैन।’

यसैबीच विस्फोट भएको क्षेत्रबाट एक अर्को विस्फोटक पदार्थ भेटिएको छ। जसलाई सुरक्षित तवरले विस्फोट गराइ निष्क्रिय गरिएको छ।