“कालले कहिल्यै बाजा बजाएर आउँदैन!” त्यसैगरी अधिकांश घातक रोगहरू थाहा नदिई हाम्रो शरीरमा प्रवेश गर्दछ। अनि थाहा पाउनुभन्दा पहिला सानोतिनो तर अनिश्चित सङ्केतहरू पनि देखा पर्दछन्, जसलाई हामी खासै ख्याल गर्दैनौँ। तथापी, घातक रोग त त्यो हो, जसको लक्षणबाट गलत कुरा पत्ता लाग्छ। त्यस्तै एउटा घातक रोग छ- ‘वेगनर्स रोग’ (Wegener’s Disease) ।

दुर्लभ रोगहरू मध्ये एक यो वेगनर्स रोगले विशेष गरी मृगौला तथा स्वासप्रश्वास प्रणालीका धमनी, रक्तनशा र रक्तकेशिकाहरूलाई सुन्नाउने काम गर्दछ। “हाम्रो शरीरमा भएका स-साना रक्तनलीहरू विरुद्ध पैदा हुने एण्टिबडिलाई नै यो रोगको विशेषता मानिन्छ। यसले शरीरका विभिन्न अङ्गहरूमा प्रभाव पार्दछ- नाक कान, जोर्नी, मृगौला, फोक्सो तथा छाला। तर प्रारम्भिक समयमा यसले मृगौला तथा स्वासप्रश्वास प्रणालीका रक्तवाहिकाहरूमा असर गर्दछ।” मुम्बईका नशाविशेषज्ञ डा. सलील वेन्द्रे भन्छन्।Wegener's Disease (1)

सजिलो भाषामा भन्नुपर्दा, यो यस्तो अवस्था हो जहाँ हाम्रा संवेदनशील अङ्गका रक्तनशाहरू सुन्निएर बन्द हुन्छन् र ती अङ्गहरूमा रगतसञ्चार हुन पाउँदैन। त्यसैले यो रोगलाई समयमै पत्ता लगाएर उपचार गरेन भने ज्यानमारा हुन सक्छ।

(मृगौला सम्बन्धी रोगका १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन)
किन हुन्छ यस्तो?

यसको सबैभन्दा डरलाग्दो कुरा के हो भन्दा, यो रोगको कारण अझसम्म पत्ता लाग्न सकेको छैन। केहि खोजको नतिजाले यहि देखाउँछ कि हाम्रो प्रतिरक्षा प्रणालीका कोषहरूले रक्तनशाका कोषहरूलाई आक्रमण गर्दा यस्तो हुने हुन्छ, तर टिकेर भन्न अझै पनि कठीन नै छ।

स्नायुविशेषज्ञ डा. माधुरी बिहारी भन्छिन्- “वेगनर्सको ठेट कारण हामीले पत्ता लगाउन सकेका छैनौँ। यो अपरिचित एण्टिजेनको प्रतिरोधात्मक प्रतिक्रिया हो जसले रक्तनशा सुन्नाउने गर्छ। तर यसको लक्षणलाई केलाएर हेर्ने हो भने कुनै पनि निश्चित उत्तर निकाल्न सकिँदैन।”Wegener's Disease (2)

(कुन रक्तसमूहलाई सबैभन्दा दुर्लभ मानिन्छ र किन?)
साझा लक्षणहरू

हुन त यसको लक्षण, कुन अङ्गको रक्तनशामा प्रभाव परेको हो, त्यसमा भर पर्दछ। तथापी, साझा लक्षणहरू यसप्रकार रहेका छन्–

  • धेरै थकाई लाग्ने
  • कुनै कारणबिना नै तौल घट्ने
  • ज्वरो आइरहने
  • सास फेर्न गाह्रो हुने
  • लहरे खोकी लाग्ने
  • जोर्नी तथा मांशपेसी दुख्ने
  • नाकबाट पातलो पानी बग्ने
  • नाक बन्द हुने
  • सिँगान, खकार र पिसाबमा रगत देखापर्ने
(आफ्नो रक्तसमूह अनुसार खानेबानीले स्वस्थ हुन्छ शरीर, यसरी छान्नुहोस् उपयुक्त खाना)
यस रोगलाई पत्ता लगाउन किन गाह्रो हुन्छ?

प्रारम्भिक चरणमा यसका लक्षण र सङ्केतहरू विशेष खालका हुँदैनन्, अर्थात अन्य रोगकै लक्षणजस्ता देखिन्छन्। जस्तै नाकबाट पातलो पानी बग्ने, जोर्नी दुख्ने र खोकी लाग्ने- यी सबै भिन्नाभिन्नै प्रकारका लक्षणहरू हुन्, जुन वेगनर्सकै हो भनेर तोक्न गाह्रो पर्दछ। जब बिरामीको सिँगान, खकार र पिसाबमा रगत देखा पर्न थाल्छ, तबमात्रै यो रोगको अनुमान लगाउन सकिन्छ।

सुरुमा देखिने लक्षणहरू प्रायजसो स्वासप्रश्वास सम्बन्धी रोगहरूको जस्तै हुने भएकाले वेगनर्स लागेका बिरामीको रोग पत्ता लगाउन मुश्किल पर्ने चिकित्सकहरू बताउँछन्। तथापी, बालक, युवावस्था र वृद्धवृद्धाहरूमा यो रोग देखा पर्ने सम्भावना कम हुने चिकित्सकहरूको बुझाई छ। विशेष गरी ३० देखि ६० वर्ष उमेरका व्यक्तिहरूलाई यो रोग लाग्ने सम्भावना बढि हुने हुन्छ।

यो पनि हेर्नुहोस्-
तपाईँलाई जतिबेला पनि थकाई लाग्छ? किन थाहा छ?
सङ्गीत सुन्नु स्वास्थ्यको लागि सोँचेभन्दा बढि फाइदाजनक हुने खोजको नतिजा
तुलसीको पात पवित्र मात्र होइन स्वस्थ पनि हुन्छ, स्वास्थ्यमा यसको फाइदालाई जानिराखौँ