३ जेठ, गोरखा ।

गोरखा गण्डकी गाउँपालिकाको प्रमुखमा होम बहादुर राना विजयी भएका छन् । मनोनयन गर्ने दिनभन्दा दुई दिन अघि मात्र राजीनामा दिएर गाउँपालिका प्रमुखको उमेद्वार बनेका राना गाउँपालिकाको प्रमुख बनेका हुन् ।

रानाले माओवादी केन्द्रका दिपक तिमिल्सिनालाई २७४ मतले पराजित गरे । त्यस्तै गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकै ललिता अधिकारी विजयी भइन् । माओदीकी पूर्णा थापालाई हराएर अधिकारी उपप्रमुख बनेकी हुन् ।

उनले अहिलेसम्म सरकारी जागिर खाएर जनताको सेवा गरेको र अव गाउँमा बसेर गाउँलेकै सेवा गर्ने बताए । उनले भने, ‘अव म गाउँमा विकासको काम गरेर यो गुन तिर्नेछु । कुनै पनि दललाई भेदभाव गर्ने छैन ।’