१३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले देश जटिल दिशातिर लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

रेल बनाउने कुरामा किन झेल गरियो ?

पार्टी बैठकबाट बाहिर आएपछि फेसबुकमा स्ट्याटस अपडेट गर्दै नेता भण्डारीले ५ नम्बर प्रदेश विभजित गर्न नहुने कुरा उठेको तर विना सहमति बैठक सकिएको भन्दै देश जटिलबाटोतिर लागेको भनेका छन् ।

chandra bhandari

उनले फेसबुकमा लेखेका छन्, “नेताहरुले जसरी पनि स्थानीय निर्वाचन बनाउने कुरामा जोड़ दिएका थिए भने संबिधान संशोधन गरी कार्यन्वनका लागि संबिधान बनाउने शक्तिहरु एकठाउमा बस्नु पर्ने कुरामा समान धारणा छ । आख़िर बिना सहमती बैठक सकियो । देश जटिल बाटो तिर लाग्दैछ ।”

सोमबारको बैठकपछि संसद्को सबैभन्दा ठूलो दल कांग्रेस संविधान संसोधन प्रस्ताव दर्ता गराउने अन्तिम तयारीबाट तत्काललाई पछि हटेको छ ।

संविधान संसोधनबाट एक कदम पछि हट्यो कांग्रेस !

एमालेको तीव्र असन्तुष्टि, माओवादी र आफ्नै पार्टीभित्रसमेत कुरा नमिलेपछि कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीबीचको बैठकले चुनाव गर्ने ग्यारेन्टीसमेत गर्नेसहितका विषयमा सहमति गरेपछि मात्र संसोधनका विषयमा प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

रामदेव भेट्न प्रचण्ड पुगेपछि, बाबुरामको ट्वीट

कांग्रेस तत्कालै संविधान कार्यान्वयनका लागि संसोधन, चुनावसहितका विषयमा प्रमुख पार्टीसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।