१४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

के प्रचण्डले मोदीसँग माफी मागेकै हुन् ? भारतीय पत्रकारको डरलाग्दो संकेत

आज शिंहदरवारमा परराष्ट्र र श्रम मन्त्रालयवाट बैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्याका साथै यसलाई व्यवस्थित बनाउनेवारे बिफ्रिङ सुनेपछि प्रधानमन्त्रीले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई मिलेर काम गर्न निर्देशन दिएका हुन् ।

prachanda baidesik rojgari nirdeshan

प्रधानमन्त्रीले भने ‘खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानको पहल गर्न यसअघि नै मैले मन्त्रालयलाई भनेको हु । अव बैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ यसमा परराष्ट्र र श्रम मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस् । सरकारले यस सम्वन्धमा सही नीति, कानून बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र व्यवस्थित नियमन गर्नु पर्दछ । कुनै पनि कारणले विदेशमा नेपाली समस्यामा छन् भने त्यहाँ आवश्यक सहयोग पुर्याउनु सरकारको दायित्व हो । नेपाली नागरिकलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन हाम्रो ध्यान जानु पर्छ ।’

पत्रको विषयलाई लिएर बालुवाटारमा चर्काचर्की

सरकारका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, परराष्ट्र, श्रम र संचार मन्त्री तथा मुख्य सचिवसमेतको उपस्थिति रहेको सो बैठकमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका समस्या, कारण, उद्धार संयन्त्र, प्रकृया र नीतिगत समस्याहरुका बारेमा बिस्तृत छलफल भएको थियो ।