१३ फागुन, काठमाण्डौ ।
मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन संविधान संसोधनको विरोध गरेको छ ।

पार्टीले आज विज्ञप्ती निकालेर स्थानीय तहको निर्वाचन र संविधान संसोधनले जनताका समस्या समाधान नहुने भन्दै विरोध गरेको हो ।

‘वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्था अन्र्तगत गरिने संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन, विज्ञप्तीमा भनिरएको छ, ‘त्यसका निम्ति नया“ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ ।’

स्थानीय निर्वाचनको मिति घोषणा गरिएपनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरुका बिच पैदा हुँदै आएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जतिलताका कारण पनि निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको बैद्य माओवादीको ठहर छ ।

तर चुनाव वहिस्कार वा उपयोग भन्ने बारेमा भने माओवादी क्रान्तिकारी अझै अन्यौलमा रहेको छ ।

‘संसदीय निर्वाचन बहिष्कार र उपयोग संबन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएको भन्दै यसवारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायले ठोस निर्णय गर्ने भनिएको छ ।