हेमन्त गिरी
जापान, टोकियो

नाकाबन्दीको बेला सुनौली बोर्डर तिर तेल भर्न जान अलि अप्ठेरो महसूस हुन थालेपछि एकदिन बुद्धको जन्मस्थान लुम्बिनी नजिकैको कक्रहवा बोर्डर पार गरी भारतको भूमिमा पेट्रोल भर्न गइयो । हामी पेसा व्यवसाय गर्नेलाई नेताले झैं राष्ट्रवादका चर्का नारा लगाएर नहिंडेर सम्भव पनि थिएन । आफ्नो दैनिकीको लागि हिंडडुल नगरी हुँदैनथ्यो । त्यसको लागि इन्धन चहिन्थ्यो ।

लेखक

त्यो सानो नाकाको दृश्यले मेरो मन नराम्रोसंग कुँडिएको थियो । दुई चक्के सवारी साधनलाई मात्र वारपारको अनुमति दिइने उक्त बोर्डरमा दसगजाको छेवैमा भारतीय चेकपोस्ट थियो । भारतीय जवानहरुले दसगजा वारी नै बाइकबाट उत्रेर डोर्याउँदै आउन हुकुम दिन्थे, हामी चुपचाप त्यसै गर्थ्यौं ।

त्याहाँका हाम्रा व्यक्तिगत अफ्टेराका कुरा यहाँ नगरौं । मन त तब छियाछिया भयो जब पेट्रोल भरेर नेपाल फर्किंदै गर्दा हामीलाई चेक गर्ने कुनै नेपाली चेकपोस्ट त्यहाँ देखिएन । (अहिले के छ थाहा भएन) तर त्यति बेला नेपालको भूभागमा बनाइएको चौकीमा गाईगोरू बसिरहेका थिए, सुरक्षाकर्मी थिएनन् ।

कोशी बेचियो, महाकाली बेचियो, कर्णाली बेचिन तयार छ, कालापानीमा भारतीय सेना परेड खेल्छन, सुस्ता सुस्तरी उता सर्दैछ । यी घटना फगत हामी लेख्नेहरुलाई दुईचार अक्षर लेख्ने, गाउनेहरूलाई राष्ट्रवाद गाउने र भाषण गर्नेहरुलाई चुनावको बेला कुर्लिने आत्मरतिका बहाना मात्र बनेका छन । सीमा उदांगोछ, बिदशी आएर बलात्कार गर्छ । १८०० कीमी सिमाना लमतन्नै नांगो छ, बिदेशी आएर परेड खेल्छ, गोली हान्छ तर राज्यको निद्रा खुल्दैन ।

सोंच्छु, एक ट्याङ्की तेलको भारतीय बीस रूपैयाँ घुस खाने भारतीय प्रहरीले अलिकति बढ़ी घुस दिएको खण्डमा सो बोर्डरबाट के-के पास गराउन दिन्थ्यो होला ? अथवा वारी हाम्रा सुरक्षाकर्मी नभएको सो बोर्डरमा सही नै काम गरेको भएपनि कुनै बहानामा सनकको भरमा पारीको सुरक्षाकर्मीको गोलीले ज्यान लिन्थ्यो कि लिंदैनथ्यो होला ?!

लुम्बिनी जस्तो संवेदनशील क्षेत्रको एउटा नाकामा त हाम्रो देशले सुरक्षाकर्मी राख्दैन भने अन्य ग्रामीण क्षेत्रका सिमाना त नृशंस नांगै होलान् भन्ने सोझै अनुमान लगाउन सकिन्छ । ती नांगा सिमानाका नेपाली जनता सुरक्षाको हिसाबले कति निरिह होलान ?

यसपाली नेपाल गएको बेला सस्तो किनमेलको लागि भनेर सुनौली बजार गइयो । के कति सस्तो छ थाहा भएन, तर भारतीय सिमावर्ती बजार सस्तो छ भन्ने भ्रम हरेक सीमाबासी नेपालीहरुलाई छ । त्यो भ्रमबाट मैले आफुलाई पनि अछूतो राख्न सकिन । सुनौली गइयो, किनमेल गरियो, फर्कियो, सस्तो पाइयो भन्ने भ्रममा रमाइयो ।

सोंच्छु, हामी अलिअलि जानेकाको त यो हालत छ भने सोझासाझा सीमाबासीको कस्तो बुझाई होला ? दिनरात बोर्डर पारीका भारतीय बजारका पसलमा नेपालीहरुको खुट्टा राख्ने ठाउँ हुँदैन । देशको कति पैसा बाहिर गइरहेको होला ? मान्नुहुन्छ, जतिनै भारत प्रति आक्रोश प्रदर्शन गर्ने मान्छे पनि बोर्डरका बजारहरुमा लुते बिरालो झैं भारतीय एसएसबी र प्रहरीसँग जी हजूरी गरेर दैनिकी चलाउन बाध्य छ ।

खोई स्पष्ट बिदेश नीति ? खोई सीमा सुरक्षा नीति ? के गर्न पालेको छ सरकारले सेनालाई ? के गर्न गठन गरेको हो सशस्त्र प्रहरी बल ? आफ्नै जनतालाई गोली ठोक्न मात्र ? सीमानामा तारबार गर्ने बारे किन कुरा गर्न सक्दैन सरकार ? किन हजारौंको संख्यामा रहेका सेना र प्रहरीलाई सीमामा खटाउन सक्दैन सरकार ?

यी दुबै परिदृश्यमा दोष कसको छ ? हो, सरसर्ती हेर्दा भारतीय बजार चाहार्ने दोष मेरै छ । म को हुँ ? नेपाली नागरिक । किन आफ्नो आवश्यकता पूरा गर्न बिदेशी बजारहरु (श्रम बजार वा सस्ता बजार) मा भौंतारिन्छु ? देशलाई माया नगरेर हो ? राष्ट्रीयता छाती भित्र नभएर हो ?

होइन । एक पटक बोर्डर पार गरेर हेर्नोस, प्रत्येक पल उताका सुरक्षाकर्मीको बन्दूकको नालबाट गोली निस्किन्छ कि भनेर त्राहिमाम भइरहनु पर्छ । तर पनि खै कताबाट आँट आउँछ आउँछ ।

नागरिकमा आँट भन्ने कुरा राज्यको लाचारीले पलाउँदो रैछ । नत्र अरबको घाममा श्रम गरेर सुकुम्बासी बस्तीमा छाप्रो हाल्न गएका गोबिन्द गौतमले आँट गर्नु पर्दैनथ्यो, गोली उनले खानु पर्दैनथ्यो । राज्य ठीकठाक हुँदो हो त मेरा देशका जवान बोर्डरमा सेण्ट्री राखेर बस्दा हुन्, परेको बेला फायर खोल्दा हुन्, छिमेकी देशका जवानको सशक्त प्रतिकार गर्दा हुन् ।

तर लाचार राज्यको सीमानाको त्यान्द्रो जोगाउन निहात्था नागरिक गोली खान तयार भइरहनु पर्ने अवस्था छ । राज्यविहीन जस्ता नागरिक सस्तो र धेरै पाइने लोभको भाँडो बोकेर बिदेशका श्रम तथा सस्ता बजारमा धाइरहनु पर्ने बाध्यता छ ।

बेलाबखत सतहमा आउने कञ्चनपूरका जस्ता घटनाले प्रत्येक नेपालीको खुन दुईचार दिनलाई खुब उमाल्छ तर जब राज्यनै बहिरो बनिदिन्छ र गोबिन्दहरुको रगतको टाटो माटोमा बिलिन भएर जान्छ अनि संचार माध्यम र सामाजिक संजालमा उम्लिने हाम्रो खुन पनि बिस्तारै सेलाएर जान्छ । चुनाव आउँछ, हामी गोबिन्द गौतमहरुलाई, हरिनारायण यादबहरुलाई बिर्सिन्छौं र तिनैलाई जिताउन र्याली गर्छौं, जसले उनीहरुलाई लाठी र गोली थाप्न बाध्य बनाइरहेका छन् ।

सीमा विवादमा कंचनपूरका एक सुकुम्बासी नागरिक गोबिन्द गौतमले अनाहकमा ज्यान गुमाए । यो पीडा गौतमको मात्र होइन । बोर्डरमा बस्ने हजारौं चौधरी, हरिजन, मण्डल, यादव, अहिर, मूसहरहरुको प्रतिनिधि पीडा हो, जसलाई न राज्यले देख्छ, न कोहि मरिहाले मात्र सामाजिक संजालमा होहल्ला गर्ने जमातले देख्छ ।

अझ कतिपयले त यी महान सीमारक्षकहरूलाई आफ्नो देशका नागरिक नै हैननसम्म भन्छन् । केहि किलो रासायनिक मलको लागि ज्यान जोखिममा लगाउनेहरुले बोर्डरको रक्षा गरिरहेका छन । केहि किलो चीनीको लागि भारतीयको डण्डा खानेहरुले बोर्डरको जिम्मा लिइरहेका छन् । एसएसबीबाट कुटिनु पिटिनु उनीहरुको सामान्य दिनचर्या बनेको छ । यसपालि त ज्यान नै गयो ।

शक्तिशाली छिमेकी र लाचार राज्यको दोहोरो मारमा परेका सीमाबासीका घाउमा नुनचुक लगाउने काम सुरक्षित स्थानमा बसेर सुबिधा भोग्ने अनि संचार र संजालमा ठूलो स्वरमा कुर्लिने कथित राष्ट्रवादीले बेलाबेलामा गर्दै आएको पनि हामीले देखेकै हौं ।

एकथरि पारीबाट छलछाम गरी नेपाली नागरिकता हत्याएकाहरुको दादागिरी, अर्कोथरि पहाडबाट झरेर खेती गर्ने जमीनलाई चिराचिरा पारी माटो पट्याएकाहरुको दादागिरी । सबै रैथाने सीमावासी राज्यबाट मात्र होइन स्वय हैकमवादी नागरिकबाट पनि प्रताडित छन् ।

करिब १८०० कि.मी. खुला सिमानाको फाइदा भारतीय र नेपाली दुबै थरि पहुँचवालाले उठाउँछन, तर मारमा ती पर्छन्, जोसंग पहुँच छैन, आर्थिक अवस्था कमजोर छ ।

यताकाले ठेल्ने र उताकाले पेल्ने पिडामा वर्षौंदेखि सीमाबासी बाँचिरहेका छन् ।

देशका कतिपय सिमावर्ती बस्ती यस्ता छन् जहाँ पुग्न राज्यले खनेको मोटर बाटो छैन, भारत भएर त्यहाँका सुरक्षाकर्मीको दादागिरी झेल्दै दैनिकी चलाउनु पर्छ । यस्ता ठाउँ पनि छन, जहाँका बासीन्दाको हातमा नेपाली नगरिकता त छ तर राज्यले नागरिकलाई दिने कुनै मौलिक अधिकारको प्रत्यभूति छैन ।

बेलाबखत सतहमा आउने कञ्चनपूरका जस्ता घटनाले प्रत्येक नेपालीको खुन दुईचार दिनलाई खुब उमाल्छ तर जब राज्यनै बहिरो बनिदिन्छ र गोबिन्दहरुको रगतको टाटो माटोमा बिलिन भएर जान्छ अनि संचार माध्यम र सामाजिक संजालमा उम्लिने हाम्रो खुन पनि बिस्तारै सेलाएर जान्छ ।

चुनाव आउँछ, हामी गोबिन्द गौतमहरुलाई, हरिनारायण यादबहरुलाई बिर्सिन्छौं र तिनैलाई जिताउन र्याली गर्छौं, जसले उनीहरुलाई लाठी र गोली थाप्न बाध्य बनाइरहेका छन् । हामीले फेर्नु पर्ने पुष्पकमललाई होईन, शेरबहादुरलाई होईन, खड्गप्रसादलाई होईन । त्यो पूस्ताले बोक्ने सोंचलाई हो, त्यो पूस्ताले बहन गर्ने झूठो र अवसरवादी शाब्दिक राष्ट्रवादलाई हो ।

सीमा विवादमा कंचनपूरका एक सुकुम्बासी नागरिक गोबिन्द गौतमले अनाहकमा ज्यान गुमाए । यो पीडा गौतमको मात्र होइन । बोर्डरमा बस्ने हजारौं चौधरी, हरिजन, मण्डल, यादव, अहिर, मूसहरहरुको प्रतिनिधि पीडा हो, जसलाई न राज्यले देख्छ, न कोहि मरिहाले मात्र सामाजिक संजालमा होहल्ला गर्ने जमातले देख्छ ।

भारत बिस्तारवादी शक्ति हो भन्ने कुरा आज थाहा भएको विषय होइन, नेपाल जस्तो प्राकृतिक श्रोत सम्पन्न मुलुकमाथि उसको गिद्दे दृष्टि छ भन्ने कुरा पनि आज थाहा भएको विषय होइन । खोई स्पष्ट बिदेश नीति ? खोई सीमा सुरक्षा नीति ? के गर्न पालेको छ सरकारले सेनालाई ? के गर्न गठन गरेको हो सशस्त्र प्रहरी बल ? आफ्नै जनतालाई गोली ठोक्न मात्र ? सीमानामा तारबार गर्ने बारे किन कुरा गर्न सक्दैन सरकार ? किन हजारौंको संख्यामा रहेका सेना र प्रहरीलाई सीमामा खटाउन सक्दैन सरकार ?

प्राकृतिक सत्य हो, ठूलो माछोले सानो माछोलाई खान खोज्छ । भारत भूगोलले ठूलो होला, आर्थिक उन्नतिका हिसाबले पनि अगाडी होला तर हामी पनि एक सार्वभौम मुलुक हौं, स्वतन्त्र अस्तित्व र गर्विलो इतिहास छ हामीसँग ।

यो कुरा ठूलोमाछोलाई कुन कालखण्डमा कुन शासकले सम्झाउन सक्यो ? कुन शासकले भाषण बाहेक व्यवहारमा ठूलो माछोको दादागिरीलाई राज्यस्तरबाट नै निश्तेज पार्ने प्रयास गर्यो ?

कसैले गरेन । यहाँका शासक त अक्वारियममा राखिएका रंगीन माछा जस्ता, जो बोलीमा अति राम्रा छन, व्यवहारमा भारतको दासत्वरूपी अक्वारियमभित्र कैद छन ।

कोशी बेचियो, महाकाली बेचियो, कर्णाली बेचिन तयार छ, कालापानीमा भारतीय सेना परेड खेल्छन, सुस्ता सुस्तरी उता सर्दैछ । यी घटना फगत हामी लेख्नेहरुलाई दुईचार अक्षर लेख्ने, गाउनेहरूलाई राष्ट्रवाद गाउने र भाषण गर्नेहरुलाई चुनावको बेला कुर्लिने आत्मरतिका बहाना मात्र बनेका छन ।

सीमा उदांगोछ, बिदशी आएर बलात्कार गर्छ । १८०० कीमी सिमाना लमतन्नै नांगो छ, बिदेशी आएर परेड खेल्छ, गोली हान्छ तर राज्यको निद्रा खुल्दैन । त्यसै कोहि किन नलेखोस्, ‘हल्ला नगर, राज्य निदाएको’ छ भनेर ।

सिमानाको घाउको लागि राज्यलाई दोष लगाइरहँदा असल राज्य बनाउनको लागि केहि कुरा हामीले नागरिकस्तरबाट पनि सुधार्नु पर्नेछ ।

हामी हाम्रै आँखाले नदीनाला बेचिएको देखेर हुर्कियौं, सिमाना मिचिंदा चुप लाग्ने तर चुनाव आउँदा राष्ट्रवाद फलाक्ने नेताका भाषण सुनेर हुर्कियौं, उनै दल र उनै नेताहरु बारम्बार सत्तामा पुग्दा पनि भारतसँगका असमान सन्धि समझौताको बारेमा चुइंक्क नबोलेर बसेको देखेर हुर्कियौं, महिना–महिनामा सरकार बदल्न नेताहरु दिल्ली धाएको देखेर हुर्कियौं । हाम्रा बाहरुको पूस्तालाई हामी अब बदल्न सक्दैनौं, तर आफू बदलिन सक्छौं ।

हामीलाई हाम्रो सुरक्षाको प्रत्यभूति हुनुपर्छ, हामीलाई हाम्रो देशभित्रै आत्मनिर्भर हुने वातावरण मिल्नु पर्छ, देशलाई आन्तरिक र बाह्य दलालको कब्जाबाट मुक्त गरिनुपर्छ ।

यो अधिकार हामीलाई अरु कसैले दिने होइन, हामीले हाम्रै आस्थाको पिंजड़ा तोडेर प्राप्त गर्न सक्छौं । अब हामीले आस्थाभन्दा माथि उठेर त्यस्तो नेतृत्व खोजी गरेर राज्य संचालनको निकायमा पूर्याउनुपर्छ ।

हेर्नोस त, यहाँ देश नै नरहने अवस्था आउन थाल्यो, देश नरहे हाम्रा सन्तति कहाँ रहलान ? हाम्रा आर्जन कहाँ जालान ? अब हामीले हाम्रा व्यक्तिगत लाभ र लोभलाई देशको लागि मार्न सक्नुपर्छ ताकि बिदेशीको गोलीबाट अरु गोबिन्दहरु नमरुन, अनि बिदेशी भूमिबाट सिप सिकेर देश बनाउन हाँसीखुशी फर्किनुको सट्टा कुनै नेपालीलाई रातो बाकसमा फर्किन नपरोस ।

अनि सकेसम्म त श्रम र पसिनाका लागि विदेशी भूमि टेक्नै नपरोस् । टेकिहाले पनि सिकेको सिप र कमाएको आर्जन ढुक्कले लगानी गर्न सक्ने वातावरण बनोस् ।

हेमन्तबाट अन्य:
रवीन्द्र मिश्र राजनीतिमा आउँदै गर्दा…
छिमेकीबाट तपाईं राष्ट्रवादीहरुले बचाएको देशलाई तपाईंहरुबाट कसले बचाउला ?
मेरो इतिहास ! गर्व कि दम्भ ?!