मानिस नचाहिने कुराको विषयमा जति कम सोंच्छन् र जति कम बोल्छन् जीवनमा त्यति शान्ति हुन्छ । सुखी र शान्त रहन ब्यर्थका सोंच र बोली त्याग्नु पर्ने दार्शनीकहरु बताउँछन् । शास्त्रमा बोलीबाट समेत पाप हुने उल्लेख गरिएको छ । बोलीबाट हुने पाप के के हुन् ? थाहा पाउनुस् ।

१ निद्रा विथोल्नु र चुकली लगाउनु
कुनै पनि ब्यक्ति सुतेको समयमा बोलेर निद्रा विथोल्नु बोलीबाट हुने पाप हो । त्यसैगरी निद्रा विथोल्ने र कसैको विषयमा चुकली लगाउने काम बोलीबाट हुने पापमा पर्ने शास्त्रमा उल्लेख छ । सम्बन्धमा रहँदा नमिठो बोल्नु र कसैलाई बोलीबाट चित्त नदुखाउनु बोलीबाट हुने धर्म भनिएको छ ।


4 vices we do in life

२ रुखो बोली

कतिपय ब्यक्तिको स्वभाव रुखो हुन्छ । रुखो स्वभावका ब्यक्तिको बोली पनि रुखो र नमिठो हुन्छ । कसैलाई पनि आफ्ना रुखो बोलीले चित्त दुखाउनु पाप भएको शास्त्रमा उल्लेख छ । सके सम्म बोल्दा मिठो र मधुर बोली बोल्नुस् ताकि तपाइँको बोलीले कसैको चित्त नदुखोस् । उस्तो कुरलाई समेत मिठो ढंगबाट भन्न सकिन्छ सके सम्म मिठो बोलीको प्रयोग गर्नुस् ।

३ झूटो बोल्नु

झुटो बोल्नु आफैमा पाप हो । झुटो बोलीले शुरुमा सुःख शान्ति दिएपनि त्यसले प्रकारान्तमा दुःख र तनाव मात्र दिन्छ । झुटो बोलेर अरुलाई छल्नु पाप मानिन्छ । यो पनि बोलीबाट हुने पाप हो । एक पटक झुट बोल्दा पटक पटक त्यसलाई ढाक्नका लागि झुट बोल्नु पर्ने हुन्छ तसर्थ झुट नबोल्नुस् ।

4 vices we do in life  1

४ ब्यर्थका कुरा गर्नु

ब्यर्थका कुरा गर्नु अर्थात बकबास गर्नु पनि पाप मानिएको छ । नचाहिने कुरा गरेर समय बर्बाद गर्ने र अरुको समय समेत बर्बाद गरिदिने क्रियालाई पाप भनिएको छ । नचाहिने कुरा गर्दा अरुलाई कष्ट हुने भएकाले पनि यस्तो गर्नुलाई शास्त्रमा पापको श्रेणीमा राखिन्छ । सँधै ख्याल गर्नुस् आफूले बोलेका कुराले अरुलाई डिस्टर्ब हुने वा दुःख हुने काम नहोस् ।

यो पनि हेर्नुस्

यी ३ कुरा कहिल्यै पनि नगर्नुस् परिवार बरबाद हुन्छ 

यी ७ ब्यक्तिलाई कहिल्यै पनि नबिउँझाउनुस्