४ मंसिर, धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालमा आज बोलेरो अनियन्त्रित भई पल्टेर ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका स्थानीयवासी ६० वर्षीय बाबु विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो काठमाडाँैंबाट वनेपातर्फ आइरहेको बा १८ च ३११९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमा पल्टिंदा विष्टलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका विष्टको सिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए।

विष्टको मृत्युपछि स्थानीयवासीले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् ।