२६ कात्तिक, काठमाडौं
फिफा वरियतामा पहिलो स्थानमा रहेको अर्जेन्टिनालाई २०१८ मा रसियामा हुने विश्वकप फुटबलमा छानिन कठिन भएको छ । भर्खरै सकिएको खेलमा ब्राजिलसँग ३–० गोल अन्तरले पराजित भएपछि अर्जेन्टिनालाई विश्वकप छनोटमा छानिन कठिन भएको हो । ११ खेल खेल्दा जम्मा १६ अंकसहित अर्जेन्टिना छैठौं स्थानमा छ ।lionel-messi-and-neymar-2476817

आजको खेलमा जित्नैपर्ने दबाबकाबीच अर्जेन्टिना ब्राजिलसँग पराजित हुन पुग्यो । ब्राजिलका जितका लागि कौन्हिोले २५ औं, नेयमारले ४५ औं र पाउलिन्होले ५८ मिनेटमा गोल गरे ।

विश्वस्तरीय खेलाडीहरु मेसी, डि मारिया, गोन्जाले हिगुइन र सर्जियो अगुइरोलाई एकैपटक खेलाउँदा पनि अर्जेन्टिना एक गोल पनि गर्न सफल भएन ।

ब्राजिविरुद्ध जित्दा अर्जेन्टिनाका छैठौंबाट एकैपटक तेस्रो स्थानमा पुग्ने गरी आफूअनूकुल नतिजा अन्य खेलबाट आए पनि त्यसको फाइदा लिन सकेन ।

कोलम्बिया र चिलीले गोलरहित बराबरी खेल्नु, उरुग्वेले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्नु र पेरुले पाराग्वेलाई ४–१ ले पराजित गर्नु तीनवटै नतिजा अर्जेन्टिनाको फेबरमा थिए । तर, ब्राजिलसँग सजिलोसँग हारेपछि यसको उपयोग गर्न सकेन । तर, हार्दा पनि पेरु जितेपछि अर्जेन्टिना छैठौंबाट सातौंमा भने पुगेन ।

ब्राजिलसँग पराजित भएको अर्जेन्टिनाले नोभेम्बर १५ मा बोलिभियाविरुद्ध खेल्दैछ ।

अब आफूभन्दा अघि रहेका कोलम्बिया, चिली, उरुग्वे र इक्वेडरविरुद्धको खेल अर्जेन्टिनाको लागि कठिन देखिन्छ । यी मध्ये चार खेल आफ्नै घरेलु मैदानमा खेल्ने हुँदा यसको फाइदा उठाउन पनि सक्नेछ ।

त्यस्तै, बोलिभिया, भेनेजुएला र पेरुविरुद्धको आगामी खेल पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

दक्षिण अमेरिकाका १० टोलीमध्ये अंक तालिकामा शीर्ष चारमात्र पर्ने टोली विश्वकपका लागि छानिन्छन् । पाँचौ हुने टिमले प्लेअफ खेल्नुपर्नेछ । ११ खेलबाट ब्राजिलको २४ अंक भएको छ । र, उसको विश्वकपमा सहभागिता सुनिश्चित बनेको छ । २३ अंकसहित उरुग्वे दोस्रो स्थानमा छ ।