९ वैशाख,  एजेन्सी ।  अभिनेता ब्राड पिटसंगको सम्बन्ध विच्छेद र सन्तान आफुसंगै राख्न कानुनी लडाई लड्दै आएकी हलिउड अभिनेत्री एन्जेलीना जोली एक व्रिटिसम्यानसंग डेट गरिरहेको खबर छ । पछिल्लो समय उनीहरु दुवै आफ्नो सम्बन्धलाई लिएर एकदमै नजिकिएका छन् ।

हलीउड लाइफका अनुसार एन्जेलिनाको लागी ब्राडसंग डिभोर्स गर्न एकदमै कठिन थियो । तर हाल भने उनी एक विजनेम्यानसंग डेट गरिरहेकी छिन् । यसले उनलाई फाइदा पुर्याएको समेत बताइएको छ ।

एन्जेलीनाको जिवनमा आएको उक्त विजनेसम्यानको राजनितिक पहुच पनि राम्रो रहेको बताईएको छ । साथै उनी एक कारोबारी समेत रहेको बताइएको छ । दुवैको भेट गत वर्ष लण्डनमा भएको थियो ।