‘ब्लु बल्स’ यौन असन्तुष्टीको शारीरिक नतिजा हो। यौन उत्तेजना बढेको बेला पुरुषको अण्डकोष अत्याधिक दुख्ने, अनि कतिपय केशमा अण्डकोष सुन्निने अनि रंग पनि गाढा भए ब्लु बल्स समस्या भएको बुझ्न सकिन्छ। यस्तो अधिकांस पुरुषहरुले भोग्ने गरेका छन्।man with hand over crotch 1715714

अधिकांस समय यौन उत्तेजना चरम हुँदा पनि शारीरिक सम्पर्क भएन वा वीर्य स्खलन हुने मौका पाएन भने अण्डकोष दुख्ने गर्छ।

यौन अगंमा रगतको दवाव कम नहुँदा यस्तो समस्या हुन्छ। भलै यो विषयमा विस्तृत विवरण भेटिदैन तर यो समस्याबाट बच्न यौन अंगमा रगतको दवाव  कम गराउनु पर्छ।

यसको लागि उत्तेजना भएपश्चात यौन सम्पर्क हुने वातावरण नमिले हस्तमैथुन गर्नु सबैभन्दा उपयुक्त हुन्छ। यो गर्दा वीर्य स्खलन हुन्छ, लिङ्गमा रगतको दवाव कम हुन्छ अनि ब्लु बल्स हुन पाउँदैन।

अर्को उपाय भनेको केही गह्रौ वस्तु उचाल्ने वा कसरत गर्ने ताकि रगतको प्रवाह शरिरको अन्य अंगमा बढोस्।