हाम्रो सौर्यमण्डको केन्द्रमा सूर्य छ। यस्ता अर्बौ अर्ब सौर्यमण्डल, तारा तथा अन्य आकाशिय पिण्ड मिलेर आकासगंगा तारापुञ्ज बनेको छ। ब्रहमाण्डमा यस्ता तारापुञ्ज पनि अनगिन्ति छन्। अधिकांस ताजापुञ्जको केन्द्रमा ब्ल्याक होल छ। त्यस्तै एक ब्ल्याक होल हामी रहेको आकासगंगा तारापुञ्जको केन्द्रमा पनि रहेको छ। ब्ल्याक होल त्यस्तो आकाशिय पिण्ड हो जसको गुरुत्वबल यति अधिक हुन्छ कि प्रकाश समेत ब्ल्याक होलबाट निस्कन सक्दैन। त्यसैले यसको रंग कालो देखिन्छ। कालो रंगकै कारण यसलाई वैज्ञानिकहरु ब्ल्याक होल भन्छन्।

आकासगंगा तारापुञ्ज

आकासगंगा तारापुञ्ज

ब्रह्माण्डको यो शक्तिशाली तथा रहस्यमय पिण्डले तारापुञ्जमा रहेको बादल तथा धुलाका कण आफु तर्फ तानेको वैज्ञानिकहरुले पहिलो पटक प्रत्यक्ष प्रमाण भेटेका छन्।

विशाल तारापुञ्जको केन्द्रमा रहेका अतिविशाल ब्ल्याक होलले वरिपरिका चार्ज भएका बादललाई ढिलो गतिमा आफुतर्फ आकर्षित गर्ने विश्वास गरिन्थ्यो। तर नयाँ अनुसन्धानले ताजापुञ्जमा हुने तातो ग्याँसबाट चिसा तथा ठोस बादल बनी द्रुत गतिमा ब्ल्याक होल तर्फ आकर्षित भएको भेटिएको छ।

अतिविशाल ब्ल्याक होलको जन्म कथा

बनाइएको तस्बिर: आकासगंगा तारापुञ्जको केन्द्रमा रहेको ब्ल्याक होल

बनाइएको तस्बिर: आकासगंगा तारापुञ्जको केन्द्रमा रहेको ब्ल्याक होल

अतिविशाल ब्ल्याक होल कसरी बन्छ? विज्ञानमा यसको दुइ सिद्धान्त प्रचलित छ।

पहिलो, हाम्रो सूर्य भन्दा करिब दश गुणा ठुलो ब्ल्याक होलले अतिविशाल ब्ल्याकहोलको लागि बिउको काम गर्छ। अतिविशाल ब्ल्याक होलको लागि बिउ बन्ने यस्ता ब्ल्याक होल ठुला ताराको शक्ति सकिइ ताराको अन्त्य भएपश्चात बन्दछन्। त्यसपश्वात वर्षौ वर्षसम्म यी ब्ल्याक होल अन्य स-साना ब्ल्याक होलसंग मिल्दछन्। यो क्रममा वरिपरिका चार्जयुक्त ग्यास तथा बादल पनि यी ब्ल्याकहोलले नै निल्छन्। तर अतिविशाल ब्ल्याक होल बन्न यी एक अर्कोमा जोडिदै बनेको ब्ल्याक होलको पिण्ड अन्त्य छिटो गतिमा वृद्धि हुन आवश्यक हुन्छ।

Abell 2596 cluster galaxy 23422114

बनाइएको तस्बिर: एबेल २५९६ क्लस्टर ग्यालेक्सी

दोस्रो, हालैका खोज तथा अनुसन्धानले अतिविशाल ब्ल्याक होल बन्ने अर्को सिद्धान्त बाहिर ल्याएको छ।

यो सिद्धान्त भन्छ, अतिविशाल ब्ल्याक होल बन्न सुरुमै हाम्रो सूर्य भन्दा १,००,००० गुणा ठुलो ब्ल्याक होल बन्न जरुरी हुन्छ। यस्तो तब हुन्छ जब ग्यासका विशाल बादल आफ्नै केन्द्रमा खुम्चिन पुग्छन्। यसरी खुम्चदाँ केन्द्रको पिण्ड बढ्छ, पिण्ड बढेसंगै गुरुत्बबल बढ्छ, अनि झनै द्रुत गतिमा केन्द्रले थप वरिपरिका ग्यासका बादललाई आफु तर्फ आकर्षित गर्छ। यसरी बनेको ब्ल्याक होल सुरुकै अवस्थामा निकै विशाल हुने हुँदा अब अन्य ब्ल्याक होललाई पनि द्रुत गतिमा आफुतर्फ आकर्षित गर्छ र कालान्तरमा एक अति विशाल ब्ल्याक होल बन्दछ।

डार्क म्याटर
डार्क म्याटर त्यस्तो वस्तु हो जसले यो ब्रह्माण्डको अधिकांस भाग ओगटेको छ। वैज्ञानिकहरुसंग यसलाई विशाल अजीव पदार्थ भनि विश्वास गर्नु बाहेक अन्य कुनै ठोस प्रमाण वा जानकारी छैन।dark matter percent in universe

अर्को कोणबाट हेर्दा, डार्क म्याटर ती ब्ल्याक होलबाट बनेको छ जुन ब्रह्माण्ड बन्दै गर्दा अस्तित्वमा आएका थिए। जसलाई ‘प्रिम्रोरडायल ब्ल्याक होल’ को नाम दिइएको छ।

नाशाको एक अर्को अध्ययन बताउँछ, यदि डार्क म्याटरको यो नयाँ सिद्धान्त सत्य सावित भएमा हाम्रो सहित (आकासगंगा) सबै तारापुञ्ज विशाल ब्ल्याक होलको गोला भित्र छ भनि प्रमाणित हुने वैज्ञानिक बताउँछन्। ती प्रत्येक ब्ल्याक होलको पिण्ड हाम्रो सूर्य भन्दा करिब ३० गुणा बढी छ।

यो पनि पढ्नुस्।
डार्क म्यार सहित अझसम्म अज्ञात रहेको अन्तरिक्षको ५ रहस्य
संसारकै सबैभन्दा शक्तिशाली क्यामेराको निर्माण सुरु