१४ जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । चर्को प्रतिष्पर्धाका बीच काँग्रेस उमेद्बारले अग्रता लिएको केही समय पछि उछिन्दै एमाले उमेद्बार अघि लागेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका प्रमुख पदका उमेद्बार सोम मिश्रले ५ हजार ६ सय ९७ मत ल्याएका छन् । काँग्रेसका राजाराम खड्काले ५ हजार २० मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी विणा बास्तोलाले ५ हजार ५ सय ५७ मत ल्याइन् भने काँग्रेसकी सरु बानियाँले ५ हजार ४ सय १२ मत पाएकी छिन् ।