७ माघ, भक्तपुर । सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस आज दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।

साँगाको फेमस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ फिट तल खेतमा खसेर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी परिसरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए ।

घाइते हुने विद्यार्थीमा वर्ष ८ कि कृसिना परियार, वर्ष ५ का युनिक परियार, वर्ष ८ को कबिर केसी, वर्ष ४ कि ऋषिका परियार, वर्ष ५ को पत्सर परियार, वर्ष ८ को पित्सिला परियार र वर्ष ६ को सुप्रिया खत्री घाइते भएका छन् ।

घाइतेमध्ये छ जनाको भक्तपुर अस्पतालमा र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको शाहीले जानकारी दिए । रासस