भगवान श्रीकृष्णलाई हिन्दू धर्ममा विष्णुको अवतार मानिन्छ । उनी युग पुरुष थिए । कृष्णको गीता–ज्ञान सम्पूर्ण मानव जातिका लागि पथ–प्रदर्शक मानिन्छ । यहाँ तपाईलाई श्रीकृष्णको १६ वटा कलाको बारेमा बताउँदै छौँ ।

१. धन–सम्पदा – पहिलो कलाको रुपमा धन सम्पदालाई स्थान दिइएको छ । जुन व्यक्तिसँग अपार धन छ र ऊ आत्मिक रुपले पनि धनवान छ । जसको घरबाट कोही पनि खाली फर्कदैन ऊ पहिलो कलाले सम्पन्न मानिन्छ । यो कला भगवान श्रीकृष्णमा थियो ।

२. भू–अचल सम्पति – जुन व्यक्तिसँग पृथ्वीमा राज गर्ने क्षमता हुन्छ । पृथ्वीको एक ठूलो भागमा जसको अधिकार हुन्छ र त्यस क्षेत्रमा बस्ने वासिन्दाको आज्ञालाई सहर्ष स्विकार्छ त्यो अचल सम्पतिको मालिक हुन्छ । भगवान कृष्णले पनि आफ्नो योग्यताले द्धारिकालाई पुरीलाई बसाए ।

३. कीर्ति – जसको मान–सम्मान वा गौरवले चारै दिशा गुञ्जिन्छ । मानिस जोप्रति स्वत विश्वास राख्छ त्यहि व्यक्ति तेस्रो कलाबाट सम्पन्न हुन्छ । भगवान कृष्णमा मा यो कला थियो ।

४. वाणीको सम्मोहकता – भगवान श्री कृष्णमा यो कला थियो । श्री कृष्णको वाणी सुनेर क्रोधित व्यक्ति पनि आफ्ना शान्त हुन्थे । मनमा भक्तिको भवना भरिएर आउथ्यो । गोपिनीहरु यशोदा मैयासँग पोखाउने गरेका गुनोसो कृष्णको वाणी सुनेपछि भुल्थे ।

५. लीला(आनन्द उत्सव) – भगवान श्री कृष्ण धर्तीमा लीलाधरको नामले पनि चिनिन्छन्, किनकि उनको बाल लीलादेखि जीवन घटना रोचक र मोहक छन् । उनको लीला कथाहरु सुनेर कठोर व्यक्ति पनि भावुक बन्थे ।

श्रीकृष्णले एकलव्यको हत्या गरेका थिए, तर किन ?
स्वर्गबाट झरेको थियो श्रीकृष्णको रथ, अहिलेसम्म छन् निशान

६. कान्ति(सौन्दर्य र आभा) – जसको मुहार देखेर मन स्वत आकर्षित भएर प्रसन्न हुन्छ । भगवान राममा पनि यो कला थियो । कृष्ण यही कलादेखि सम्पन्न थिए । कृष्णको यो कला देखेर पूरा ब्रज मंडल हर्षित हुन्थे । गोपिनीहरु कृष्णलाई देखेर पतिको रुपमा पाउने कामना गर्ने ।

Lord Krishna 1

७. विद्या(बुद्धि) – कृष्ण वेद, वेदांगको साथ युद्ध र संगीतमा पारंगत थिए । राजनीति एवं कूटनीति पनि कृष्णलाई पोख्त थिए ।

८. पारदर्शिता – जो व्यक्तिसँग छल–कपट हुँदैन, ऊसँग पारदर्शिता अर्थात् ९औँ कला हुन्छ । भगवान श्री कृष्ण समान व्यवहार राख्थे सबैमा । उनका लागि न कोही सानो न ठूलो । महारासको समय उनले आफ्नो यस कलालाई प्रदर्शन गरेका थिए । उनले राधा र गोपिनीहरुमा केही फरक देखेनन् ।

९. उत्कर्षिणि(प्रेरण–नियोजन) – महाभारतको युद्धको समयमा श्री कृष्णले आफ्नो यो कलालाई देखाएका थिए । उनले युद्धबाट विमुख अर्जुनलाई युद्धका लागि प्रेरित गरेका थिए र अधर्ममाथि धर्मको विजय गराएका थिए ।

कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी? यस्तो छ महाभारत कथा…
अहिले यस्तो अवस्थामा छ श्रीरामको जन्मभूमी ‘अयोध्या’: फोटो फिचर

१०. ज्ञान – भगवान श्री कृष्णल जीवनमा धेरै पटक विवेकको परिचय दिएका छन् । गोवर्धन पर्वतको पूजा होस् वा महाभारत युद्धलाई रोक्नेका लागि दुर्योधनसँग पाँच गाउँ माग्नु, यो सबै कृष्णको उच्च स्तरको विवेकाको परिचय हो ।

११. कर्मण्यता – जसको इच्छाले मात्रै संसारको जुनसुकै काम हुन्थ्यो । कृष्ण सामान्य व्यक्तिले जसरी कर्म गर्थे र अन्य मानिसलाई प्रेरित गर्थे । महाभारत युद्धमा कृष्णले हात हतियार चलाएनन् तर, अर्जुनको सारथी बनेर युद्ध समापन गरे ।

१२. योग – श्री कृष्ण योगेश्वर पनि भनिन्थ्यो । कृष्ण उच्च कोटीका योगी थिए । आफ्नो योगको बलले कृष्णले ब्रह्मास्त्रको प्रहारबाट माताको गर्भमा रहेको परिक्षितको रक्षा गरे ।

१३. अत्यन्तै विनय – कृष्ण सम्पूर्ण जगतको स्वामी हुन् । सम्पूर्ण सृष्टिको सञ्चालन उनको हातमा भएपनि उनका अहंकार भन्ने थिएन । गरिब सुदामा लाई मित्र बनाएर छातीमा टासे ।

१४. सत्य(यथार्थ) – श्री कृष्ण कटु सत्य बोल्नेदेखि डराउँदैन थिए र धर्मको रक्षाका लागि सत्यलाई परिभाषित गर्न पनि जान्ने कला उनमा थियो ।

तस्विरमा हेर्नुहोस्, रावणको लंका, अझै बाँकी छ अवशेष
रावणले गरेका थिए एक भूल, नत्र श्रीरामले पनि मार्न सक्ने थिएनन् 

१५. आधिपत्य – श्री कृष्णले आवश्यक परेमा आफ्नो प्रभाव महशुस गराउँन सक्थे । उदाहरणका लागि मथुरा निवासीहरुलाई द्धारिका नगरीमा बस्नका लागि राजी बनाए ।

१६. अनुग्रह(उपकार) – बिना प्रत्युकारको भावनाले मानिसको उपकार गर्ने यो कला हो । भगवान कृष्ण कुनै पनि भक्तसँग केही पाउने आशा राख्दैन थिए ।