२० मंसिर, काठमाडौं । गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने बताइएको छ । baburam-bhattarai-and-upendra-yadav

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव भण्डारी र महेन्द्र यादवबीच विभिन्न चरणमा कुराकानी भइरहेको जनाएको छ ।

भट्टराई र यादवबीच आइतबार पनि पार्टी एकताका विषयमा कुराकानी भएको थियो । ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयमा करिब(करिब सहमति भएको छ, संविधान संशोधन हुन अघि एकता प्रक्रियामा धेरै कुरा नगर्ने सहमति भएको छ,’ ती नेताले भने । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।