२६ भदौ, काठमाडौं ।

थारु साँस्कृतिक संगीत विकास मञ्चले भदौ २८ गते नेपाल पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया महोत्सव गर्ने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सव संयोजक भारती चौधरीले थारुजातिको उत्पति कालदेखि नै जितिया पर्व मनाउदै आएको बताएकी छन् ।

थारु साँस्कृतिक र पौराणिक विश्वासलाई निरन्तरता दिने उद्देश्यले आयोजना गर्नको लागिएको महोत्सवमा ३ हजार मानिसहरुले भाग लिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा थारु संस्कृतिका जानकार एवम् अधिवक्ता महेन्द्रप्रसाद चौधरीले यस पर्वले थारु जातिको ऐतिहाँसिकता र पौराणिकतालाई प्रचार–प्रसार र प्रवद्र्धन गर्नको लागि सहयोग पुर्याउने दाबी गरे ।

उनले भने, ‘थारु जातिको परापूर्व कालदेखि चल्दै आएको संस्कृतिलाई हामीले विगत १० वर्षदेखि महोत्सवका रुपमा मनाउँदै आएका छौँ, यसले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको छ।’

कार्यक्रममा महोत्सवका साँस्कृतिक संयोजक रामदेव चौधरीले थारु जातिको संस्कार संस्कृति र पहिचान विश्वका अरु कुनै पनि जातजाति र धर्म संस्कारका समुदायसँग तुलना गर्न नमिल्ने दावि गरे ।