११ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार माओवादी केन्द्रकी प्रमुख पदकी उमेद्बार रेणु दाहालले निरन्तर मतान्तर घटाउँदै लगेकी छिन् ।

हिजो विहानसम्म एमाले उमेद्बार देबी ज्ञवाली भन्दा झण्डै चार हजारले पछाडी रहेकी रेणुले अहिलेसम्म आइपुग्दा मतान्तर १४ सयको हाराहारीमा झारेकी छिन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार ज्ञवालीले ३१ हजार ८ सय ६६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी दाहालको ३० हजार ४ सय १३ मत छ । चितवनमा १ लाख १२ हजार मत खसेको थियो । अझै १० वटा वडाको मतगणना बाँकी छ ।

मतगणना गर्न बाँकी वडा र मत:
वडा नम्बर १५, मंगलपुर , श्रीपुर , फूलबारी , सुर्यनगर (गणाना जारी छ) – बाँकी २०००
वडा नम्बर १६, मंगलपुर , मोहनपुर , बिजयनगर– ५७२३
वडा नम्बर १७, शारदानगर , रामपुर , गोब्रनी – ३०८७
वडा नम्बर १८, गुञ्जनगर , चनौली , शशिनगर , भूवनबस्ती – ३५६८
वडा नम्बर १९, शारदानगर , गुञ्जनगर , किरणगंज– २८६०
वडा नम्बर २०, भिमनगर , सिमलटाँडी , दद्रेनी – ३३०२
वडा नम्बर २१, पार्वतीपुर , मनिपुर– ३५६८
वडा नम्बर २२,पटिहानी , पदमपोखरी , धनौजी – २८५२
वडा नम्बर २३, जगतपुर , खड्कौली , मधुपुरी  – २९८९
वडा नम्बर २४, जगतपुर , केरूङ्गा, शुक्रनगर – १७५९