२ जेठ, काठमाडौं । निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा अहिलेसम्म १९ सय १ मत गणना भएको छ । ताजा परिणाम अनुसार नेकपा एमालेका उमेद्बारले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो नतिजा अनुसार एमालेका प्रमुख पदका उमेद्बार देवी ज्ञवालीलेले ९ सय ८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धि रेणु दाहालले ७ सय ७३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाह ८ सय ६४ मतका साथ अगाडि रहेकी छिन् । एमालेका दिव्य शर्माले ८ सय ३७ मत ल्याएका छन् ।