१ जेठ, चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । आक्रोशित भिडले नारावाजी गरेको छ । निर्वाचन अधिकारिलाई असक्षम भन्दै विरोध प्रदर्शन गरेका छन् ।

हिजो मुचुल्कामा उठाइए अनुसारकै संख्यालाई गणना गर्नु पर्ने भनिए पनि त्यहाँ आएको संख्याभन्दा बढी भए पनि मान्य हुनु पर्ने बताएका थिए । तर दलहरुले ४÷५ मत बढीलाई मान्न सकिने तर त्यो भन्दा बढीलाई मान्न नसकिने बताएपछि विवाद भएको हो ।

यसले त्यहाँ थप शंका उत्पन्न गराएको छ । चितवनको कालिका गाउँपालिका बाहेक अन्य स्थानमा भने मतगणनाको काम शुरु भएको छ । अरु तीन वटा महानगरपालिकामा भने सुस्त गतीमा मत गणना भएको छ ।