१२ जेठ, भरतपुर ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले ३३ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् ।

केहीबेर अघि वडा नं २४ को मतगणना सकिएको छ । यहाँ एमालेका कान्छा मल्ल विजयी भएका छन् । मल्लले ६३२ मत पाए भने माओवादी केन्द्रले ५१९ र राप्रपाले ४४४ मत पाएका छ।

अहिलेसम्म गठबन्धनकी रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली १ हजार ३ सय ९९ मतले अघि छन् । रेणु दाहालको मत अन्तर क्रमश: घट्दै गएको छ। यहाँ कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर जारी छ । अहिले वडा नम्बर १६ को मतगणना भइरहेको छ ।