११ जेठ, चितवन ।

भरतपुर महानगरपालिकाको मतगणना थप रोचक हुँदै गएको छ । झण्डै ३८ सयले पछि परेको अवस्थामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लैजान सफल भएपछि मतगणना थप रोचक हुँदै गएको हो ।

पछिल्लो परिणाम अनुसार दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको मतअन्तर १२३५ मा झारेकी छन् । भरतपुर महानगर वडा नम्बर १५ को मतगणना सकिदा ज्ञवालीले ३२५०२ मत प्राप्त गरेका छन् भने दाहालले ३१२६७ मत ल्याएकी छिन् । उक्त वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ३४९२२ मत ल्याउँदा एमालेकी दिब्य शर्माले २९३०६ मत पाएकी छन् ।