१७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदानको मिति तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज सर्वदलीय बैठक राखेर छलफल गरेपछि मतदानको मिति तोकिएको हो ।
दलहरुको सहमति अनुसार साउन २० गते नै निर्वाचन गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाका क्रममा मतपत्र च्यातिएपछि अदालतमा पुगेको विवाद सर्वोच्चले पुनः मतदान गर्नेगरी फैसला गरेको थियो । त्यसपछि हिजो निर्वाचन आयोगले पुनः मतदानको मिति यथाशिघ्र तोक्न निर्देशन दिएको थियो ।

गएको बैशाख ३१ गते भएको चुनावका क्रममा वडा नम्बर १९ मा खसेका गण्ना भएका, गन्न बाँकी र च्यात्तिएको सबै मतपत्र आजै जलाउने बताइएको छ ।