४ जेठ, भरतपुर ।
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मत परिणाम निकै नै आश्चर्यजनक रुपले अगाडि बढेको छ, मतपरिणाम उल्टिने सम्भावना बढेको छ । माओवादी केन्द्रकी रेणु दाहालले मत अन्तर निकै कम पारेकी छन ।

 मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले १२ हजार ३ सय ६ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११ हजार ७ सय ७७ मत पाएकी छन ।