२ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १९ को अन्तिम सुनुवाई फेरि सरेको छ । पटक पटक हेर्न नभ्याइएको भन्दै सार्दै आएको मुद्दाको अन्तिम सुनुवाई फेरि साउन ८ गतेका लागि सारिएको हो ।

आज ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाई हेर्न नभ्याइएपछि सारिएको सर्वाेच्च अदालतले जनाएको छ । भरतपुर १९ मा मत गन्ने क्रममा दलका प्रतिनिधीले ९० ओटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले अनुसन्धान र प्राप्त प्रमाणका आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

तर आयोगको निर्णयविरुद्ध त्यहि वडाका एमालेका खुला सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै गत जेठ २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।