१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन सर्वोच्च अदालतले दिएको आदेशलाई दुर्भाग्यपूर्ण भनेको एमालेले आजको बैठकबाट यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ । एमालेले त्यहाँ मतगणना अघि बढाउनुपर्ने माग गर्दै आएको थियो ।

अध्यक्ष ओली निवास बालकोटमा जारी बैठकले यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकले जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको उमेद्बार पनि चयन गर्नेछ । स्थानीय तहको चुनाव सम्पन्न भएकामध्ये झण्डै दुई दर्जन जिल्लामा उमेद्बार टुंगो लगाइसकेको एमालेले आज बाँकी जिल्लामा उमेद्बार तय गर्ने एमालेले जनाएको छ ।