८ साउन, काठमाडौं ।

भरतपुर महानगरपालिका–१९ को मतगणना विवाद सम्बन्धि मुद्धाको आजको बहस सकिएकाे छ । अाजकाे बहसले भाेली पनि निरन्तरता पाउने भएकाे छ । बहसलाई आजपनि हेर्दा हेर्दैमा राखिएको छ ।

हेर्दा हेर्दैमा राखेर भोलीका लागि निरन्तरता दिएकाले भोली अन्तिम फैसला हुने अनुमान गरिएको छ । भोलीको बहस पनि न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमै सुनुवाई हुने  सर्वोच्चले जनाएको छ ।

भरतपुर १९ को विवादको पेसी तोकिएर पनि समय अभावको कारण देखाउदै पटक पटक स्थगित हुदै आएको छ । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकामा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

लामो समयसम्म निर्णय नहुँदा भरतपुर महानगरको काम कारबाही प्रभावित भएको छ । अन्तिम मतपरिणाम नआएकाले निर्वाचित वडा अध्यक्ष समेतले काम गर्न पाएका छैनन् ।