२१ साउन, काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २० को ताजा परिणाम सार्वजनिक भएको छ ।

८ सय ३ मत गन्दा देवी ज्ञवालीले कूल ४२ हजार २ सय १ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ४२ हजार ४८ मत ल्याएकी छिन् । अघिल्लो

४ सय मत गन्दा रेणुभन्दा ५१ मत कम पाएका देबीले यो पटक ४ सय गन्दा २२ मतमात्रै कम ल्याए ।

यसरी प्रत्येक ४ सयको गणनामा रेनुको अग्रता नघटाउने हो भने देबीको हार निश्चित छ । अग्रता घटाउँदै लाने हो भने रेणुको जित सुनिश्चित छ । निकै कडा प्रतिष्पर्धाका कारण प्रत्येक पटकको मतपरिणाम रोचक बन्दै गएको छ ।