५ जेठ, चितवन ।

दलहरुबीचको विवादका कारण भरतपुर महानगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नम्बर ९ को ४०८ मतको रेकर्ड फरक परेपछि विवाद भएको हो ।

कांग्रेस एमालेले त्यस वडाको पुनः मतगणना गर्नु पर्ने माग गरेका छन् । अहिले त्यहाँको मतगणनास्थल बाहिर कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् ।

पछिल्लो मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीले १५१५५ र रेणु दाहालले १४८०९ मत पाप्त गरेका छन् ।