१२ भदौ, काठमाडौं ।

घर्तीगाउँ–३ लामिडाँडाका नगेन्द्र मगरकी दुई वर्षीया छोरी सृष्टिको भरुवा बन्दुक पड्कँदा शुक्रबार मृत्यु भएको छ ।

सोही ठाउँका मनबहादुर घर्तीमगरका घरमा उनका छोरा १३ वर्षीय भीमबहादुरले भरुवा बन्दुक खेल्दै गरेको अवस्थामा अचानक पड्कँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।