मकवानपुर, ४ चैत । मकवानपुर प्रहरीले भरुवा बन्दुक र ठूलो परिमाणको गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका–७ का दिपसन भनेर चिनिने २० वर्षीय सर्गलाल प्रजाको घरबाट ७८ केजी लागूऔषध गाँजासहित एकथान भरुवा बन्दुक बरमाद गरिएको हो । सोही स्थानका ४५ वर्षीया चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार प्रहरीले आइतबार साँझ ४५ केजी गाँजासहित थप तीनजनालाई पक्राउ गरेको छ । उनका अनुसार डब्लुबी ०६–६३०९ नम्बरको कारमा फ्ल्स बनाएर हेटौंडाबाट वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेको अवस्थामा भारतको विहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार पक्राउ परेका हुन् ।