४ कात्तिक , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्ष भवानी राणा हुने पक्का भएको छ ।

प्रचण्डलाई देउवाको जवाफ–एक्लै केही गर्न सक्दिन भनेपछि…

महासंघको विशेष साधारण सभाले आज विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रस्ताव पारित गरेपछि राणा अध्यक्ष हुने पक्का भएको हो । राणा अहिले महासंघको वरिष्ठ उपाध्यक्ष छिन् । आगामी कार्यकालमा उनी स्वतः अध्यक्ष बन्नेछिन् । उनी महासंघको अध्यक्ष बन्ने पहिलो महिला पनि हुनेछिन् ।

bhawani-rana-54114920

रहस्यको देशमा अम्मली चिम्पाञ्जी !

साधारण सभाले संघीयता अनुसार महासंघलाई परिमार्जन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसअघिसम्म अध्यक्षका लागि चुनाव हुने गरेको भए पनि आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसम्मको पदमा मात्रै चुनाव हुनेछ । महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल संयोजकत्वमा गठित १९ सदस्यीय विधान संशोधन समितिले अध्यक्ष पदको लागि निर्वाचन नगर्ने, वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने, वरिष्ठ उपाध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव स्वीकृत भएको हो ।

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

आगामी चैतमा हुने साधारण सभामा वरिष्ठ उपाध्यक्षसम्मको मात्रै निर्वाचन हुनेछ । तर कुशकुमार जोशी, महेश प्रधान, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, विनोद बहादुर श्रेष्ठ लगायतका पूर्व अध्यक्ष साधारण सभा उपस्थित भएनन् ।