कुशल श्रेष्ठ

एक्स-रे मा जे देखिएको छ, त्यो सँधै सत्य हुन्छ भन्ने छैन। भाँच्चिएको हात वा खुट्टामा १/२ महिनासम्म प्लास्टर लगाएपछि अधिकांश चोट त निको हुने गर्छ। तर दुर्घटनाको गम्भीरताले सो हाड कति समयमा पूर्ण रूपले निको हुन्छ भन्ने कुराको निर्धारण गर्दछ। त्यसलगायत हाडको पनि कुन चाहिँ भागमा टुक्रिएको छ भन्ने कुराले पनि उत्तिकै प्रभाव पार्ने गर्दछ।Healed Broken Hand Still Hurts (1)

साना टुक्रा

हातखुट्टा भाँच्चिँएर एक्स-रे गर्दा त्यसबाट ठूलो र प्रमुख चोट मात्रै देख्न सकिन्छ। तर कतिपय बेलामा उक्त हाड स-साना टुक्रामा टुक्रिन पुगेको हुन्छ, जुनलाई एक्स-रेबाट सजिलै देख्न सकिँदैन। गल्ती यहिँनेर हुन्छ। ठूलो चोटपटक सञ्चो हुन जति समय लाग्छ, त्यस्ता सूक्ष्म टुक्राहरू (माइक्रो फ्र्याक्चर) पूर्ण रूपले जोडिन अलि बढि नै समय लाग्न सक्छ। यसैकारण नै निको भैसकेको भाँच्चिएको हात पछि बल्झिएर दुख्न थाल्दछ।Healed Broken Hand Still Hurts (3)

अस्थिबन्धनको चोट

हाडको कुन भागमा भाँच्चिएको छ भन्नेले पनि निको हुने समयमा प्रत्यक्ष प्रभाव पार्दछ। नली हाड भाँच्चिएको छ भने त्यो सञ्चो हुन सोँचेको भन्दा बढि नै समय लाग्छ। हात या खुट्टाको कुनै पनि दुई जोर्नीबीचको लामो हाड नै ‘नली हाड’ हो। हिँड्दा या अन्य काम गर्दा सबैभन्दा बडि दवाव पनि सोहि नली हाडमा पर्ने गर्छ।

तथापी, जोर्नीनेर लागेको चोट सञ्चो हुन नली हाडको भन्दा कम नै समय लाग्दछ। किनभने जोर्नीलाई बाँधेर राख्ने अस्थिबन्धनहरू (Ligaments) हुन्छन्, जसले टुक्रिएको हाडलाई सञ्चो नहुञ्जेलसम्म यताउता चलाउन दिँदैन।Healed Broken Hand Still Hurts (2)

तर, समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब जोर्नीलाई बाँधेर राख्ने अस्थिबन्धनको नरम तन्तूमा चोट लाग्छ। जोर्नीलाई एउटा निश्चित सीमाना भित्र चलाउन मद्दत गर्ने यो लचिलो तन्तूमा चोट लागेपछि निको हुन धेरै समय लाग्छ। फेरि यसको दुखाई पनि हाड भाँच्चिएको भन्दा पीडादायी हुन्छ।

त्यसो भए भाँच्चिएर निको भैसकेको हात फेरि किन दुख्छ त?

यस्तो अवस्था सिर्जना हुनुका पछाडि निम्न प्रमुख कारणहरू हुन सक्छन्-

  • एक्स-रे मा देखिएको भरमा पूर्णरूपमा निको नहुँदै प्लास्टर फुकाउँदा
  • प्लास्टर फुकाएको केहि समयमा नै सोहि भाँच्चिएको हात या खुट्टाले भारी काम गर्न थालेमा
  • हाडको मर्मतसंभार र वृद्धिविकासको लागि पर्याप्त मात्रामा क्याल्सियमको जरुरत पर्दछ। अधिकांशले यस्तो बेलामा क्याल्सियमयुक्त खानेकुरा खाने गर्दैनन्, त्यसैको कारण पनि सञ्चो भैसकेको भाँच्चिएको हात फेरि बल्झिएर दुख्ने गर्दछ।
  • शरीरमा क्याल्सियमको मात्रा त्यतिबेला कमी हुन्छ, जब हामीले चाहिनेभन्दा बढि प्रोटिनयुक्त खानेकुरा खान्छौँ। त्यसैले हातखुट्टा भाँच्चिएको बेलामा धेरै माछामासुको सेवन गर्नाले पनि यस्तो समस्या उत्पन्न हुन सक्छ।
  • एकपल्ट भाँच्चिएको ठाउँमा फेरि अर्को पल्ट गम्भीर चोटपटक लागेमा
  • भाँच्चिएको अङ्गनेर कसिलो लुगा लगाउने बानीले पनि सो ठाउँमा दुख्ने गर्दछ।
त्यसरी दुखेको हात या खुट्टाबाट कसरी राहत पाउने?
  • त्यस्तो अवस्था हुने बित्तीकै सबैभन्दा सुरुमा तपाईँले अस्पताल गएर चिकित्सकसँग परामर्श लिँदा उचित हुन्छ।
  • त्यसबाहेक, भारी वस्तु उचाल्ने, कसिलो लुगा लगाउने गर्नुहुँदैन।
  • दुखाईको मात्रा बढि हुन थालेमा, दुखेको हाडमा बाहिरबाट चिसो बरफले सेक्दा दुखाईबाट केहि मात्रामा भएपनि राहत पाउन सकिन्छ।
  • बढि दुख्यो भन्दै पेनकिलर खाइहाल्नु पनि हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा घरेलु तथा प्राकृतिक पेनकिलरको प्रयोग गर्नु उत्तम हुन्छ। प्राकृतिक पेनकिलरको बारेमा थाहा पाउन यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ।
  • प्रशस्त क्याल्सियम पाइने खानेकुराहरू जस्तै; दूध, अण्डा, गेडागुडी (गहुँ, भट्ट, बोडी, राजमा, चना, आदि), हरीयो सागपात, भिण्डी, सुन्तला, केरा, सोयाबिन, आदिलाई आफ्नो दैनिक भोजनमा सामेल गराउनुपर्दछ।
यो पनि हेर्नुहोस्-

पेनकिलरको काम गर्ने ५ खानेकुरा

कतै तपाईँको दुखाईको कारण तपाईँको मोबाइल वा पर्स त होइन? जान्नुहोस् विभिन्न अङ्गमा दुखाईका ५ कारण
यस्तो अवस्था भएका व्यक्तिले माछा पटक्कै खानुहुँदैन

डाक्टरले रगत कमी भयो भनेको छ? फलाम खानुहोस्