धुलो, धुवाँ अनि मौसम परिवर्तनले भाइरल ज्वरो अनि रुखा खोकी बढेको छ। अझ काठमाडौंको विशेष धुवाँ धुलो युक्त हावा, मानिसको चाप र अस्वस्थकर बानी व्यवहारले झनै विकराल रुप लिदैँ गएको छ। सामान्य रुखा लाग्ने बित्तिकै आत्तिएर डाक्टरको शरणमा पुग्ने, एन्टिबायोटिक खाने अनि फेरी रोगको लागि शरीर तयार राख्ने प्रचलन बनेको छ। नियमित चेकअपको लागि अस्पताल जानु राम्रो बानी हो, तर भाइरल इन्फेक्सनबाट आफै पनि बच्न सकिन्छ।viral infection commom cold 1885414

भिटामिन डी:
भाइरल इन्फेक्सनबाट बच्न शरिमा भिटामीन डी पर्याप्त हुनु निकै आवश्यक हुन्छ। भिटामिन डीको सबैभन्दा उत्तम स्रोत हो सूर्यको प्रकाश। दैनिक कम्तिमा २० मिनेट शरिरको छाला घाममा राख्नु जरुरी हुन्छ।

जलन स्वीकार्नु:
शरिरमा भाइरसले एट्याक गरेपछि भाइरससंग लड्न शरिरले एन्टीबडी बनाउन सुरु गर्छ। फलत: शरिरको तापक्रम केही बढ्नु सामान्य हो। ज्वरो आयो भने बुझ्नुस् की शरिरले भाइरससंग लड्न उपयुक्त वातावरण बनाउँदै छ। त्यस्तै रुखा लाग्दा सिगान बग्ने सामान्य प्रक्रिया हुन। यी सबै शरिरले भाइरस विरुद्ध चलाएको अभियान हो। पिडादायी होला, तर शरिरको यस्तो प्रक्रिया स्वीकार गर्नुस्। सामान्य अवस्थामा सिटामोल, एन्टिबायोटिक खाएर यस्ता प्रतिक्रिया रोक्ने गर्नु हुँदैन।

भिटामिन सी अधिक खानुस्:
भिटामिन सीले ब्याक्टेरिया अनि भाइरस मार्ने गर्छ। अमिलो पिरो चीजमा भिटामिन सी बढी पाइन्छ। साथै मेडिकलबाट भिटामिस सीको क्याप्सुल किनेर खान सकिन्छ।

पर्याप्त पानी खानुस्, आराम गर्नुस:
शरिरमा पानीको अभाव हुन नदिनुस्। ज्वरो आएको छ भने पसिना आउँछ। साथै शरिरलाई यो क्षणमा पानीको निकै आवश्यकता महसुस हुन्छ। भाइरस, ब्याक्टेरि विरुद्ध एन्टीबडी बनाउँदा शरिरले पानी बढी खपत गर्छ। मन लागेन भनेर पानी नखादाँ रोग लम्बिन्छ, झनै दुख हुन्छ। पर्याप्त पानी खाइ आराम गर्नुस्।

मास्क लगाउनुस्:
तपाईलाई रुखा खोकीले ग्रस्त बनाएको छ भने बाहिर निस्कदा मास्क लगाउनुस्। मास्क लगाउँदा धुलो धुँवाले थप प्रभाव पार्न सक्दैन अनि तपाईको रोग अन्यलाई फैलिने सम्भावना कम हुन्छ।

यो पनि पढ्नुस्।

रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?

रुघा र खोकीलाई घरमै बसीबसी निको पार्ने ८ विधि

लसुनसंग जोडिएका १० अचम्म लाग्दा तथ्य

मृगौला सम्बन्धी रोगका १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन