९ साउन, काठमाडौं ।

‘गोरखा भूकम्प’ले भत्काएका भग्नावशेषबाट जीवितै उद्धार गरिएका र अङ्गभङ्ग भएकाहरूमा आधारित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ को प्रथम प्रदर्शन भएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रदर्शनीको शुभारम्भ गरेका छन ।

screening Miracle Survivals

करिब ५५ मिनेट लामो सो वृत्तचित्रको प्रथम प्रदर्शनीमा नेपाली कांग्रेसका नेता डा प्रकाशरण महत, सभासद् अमरबहादुर थापालगायत सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता थियो ।

त्यस अवसरमा भूकम्पपछि उद्धार गरिएका पेम्बा लामा, रमेश खत्री, प्रिया विक र हरिमाया नेपालीलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।